पर्वत, भदौ १५–पर्वत ब्याडमिन्टन संघले जिम हाउस सञ्चालनमा ल्याएको छ । संघले निर्माण गरेको कभर्डहलमै रहनेगरी जिम हाउस सञ्चालनमा आएको हो । अध्यक्ष प्रेमकुमार गुरुङको विशेष पहलमा एक लाख ५० हजार लगानीमा जिम हाउस सञ्चालनमा आएको हो । जिम हाउसको जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता, पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले उद्घाटन गरे ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष मल्लले राष्ट्र चिनाउने र प्रतिष्ठा बढाउने क्षेत्र खेल क्षेत्र भएकोले स्थानीय, प्रदेश र संघ सरकारले खेललाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले खेलले मान्छेको स्वास्थ्यलाई जिवन्त राख्नुका साथै राष्ट्रको इज्जत र प्रतिष्ठासमेत जोगाउने धारणा राखे । ‘खेलक्षेत्र महत्वपूर्ण क्षेत्र हो, राष्ट्रको इज्जत प्रतिष्ठा बढाउन खेलले महत्वपूर्ण भुमिका खेल्छ, त्यसैले तीन वटै सरकारले प्राथमिकतामा राख्नुपर्छ’ गाउँपालिका अध्यक्ष मल्लले भने ।
मुलुकलाई चिनाउने महत्वपूर्ण आधार खेलक्षेत्र भएपनि राज्यले उपेक्षा गर्दै आएको उनको भनाई थियो । नेपाली काँग्रेसका नेता युवराज जोशीले खेलको विकास स्वास्थ्य मानिसका लागि उपयोगी हुने धारणा राखे । उनले खेलक्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने भएपनि त्यो नभएको गुनासो गरे । खेल क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने उनको पनि भनाई रहेको थियो । कार्यक्रममा ब्याडमिन्टन संघका केन्द्रीय सदस्य बासु श्रेष्ठ ९निर्माण०, गण्डकी धौलागिरी यातायात ब्यावसायी समितिका उमेश केसी, लोक सेवा आयोग बागलुङ कार्यालयका प्रमुख गणेश पौडेल, बागलुङ ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्र शाक्य, पर्वतका अध्यक्ष प्रेमकुमार गुरुङ, सचिव अर्जुन चापागाई, कोषाध्यक्ष रविकुमार श्रेष्ठलगायतले बोलेका थिए ।
पर्वत ब्याडमिन्टन संघका अध्यक्ष प्रेमकुमार गुरुङ ९माइला०ले ब्यवस्थित ब्याडमिन्टन हलसँगै सुविधासम्पन्न जिम हाउस सञ्चालनमा ल्याएको जानकारी दिए । उनले एक लाख ५० हजार रुपैयाँको लागतमा जिम हाउस सञ्चालन गरेको पनि बताए । संघका अध्यक्ष गुरुङको नेतृत्वमा नै केही बर्षअघि सुविधसम्पन्न कभर्डहल निर्माण गरिएको थियो ।
संघको तेस्रो अधिवेशनले प्रेमकुमार गुरुङ ९माइला०कै अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । संघको उपाध्यक्षमा राजन गुरुङ र राजेन्द्रकुमार कर्माचार्य, सचिवमा अर्जुनप्रसाद चापागाई, कोषाध्यक्षमा रविकुमार श्रेष्ठ, सहसचिवमा राजनकुमार जोशी, सहकोषाध्यक्षमा दिनेश श्रेष्ठ, सदस्यमा बद्रीनारायण पौडेल, शिव शर्मा पौडेल, ज्ञानेन्द्रकुमार जोशी, शम्भु जोशी, शुवर्ण अर्याल, रमेश बस्नेत, पूर्ण तुलाचन, कृष्णप्रसाद शर्मा, उर्मिला गुरुङ, कृष्ण शर्मा र प्रकाश कर्माचार्य रहेका छन् । सल्लाहकारमा रामचन्द्र जोशी, युवराज जोशी, लक्ष्मण शर्मा र गणेश पौडेल रहेका छन् ।
संघका अध्यक्ष गुरुङकै नेतृत्वमा कभर्ड हल निर्माण गरिएको थियो । कुश्मा नगरपालिका वडा नम्बर ४ स्थित गुप्तेश्वर क्याम्पससँगै निर्माण गरिएको हलमा अहिले दैनिक ४०÷५० जना युवाले ब्याडमिन्टन खेल्दै आएका छन् । जिम हाउसले अझै सहभागिता बढाउने अपेक्षा गरिएको छ ।





