spot_img

कम्युनिष्टको एकलौटी गर्न नदिनुस्, तपाईलाई बचाउने म छु : जोशी

पर्वत, फागुन २८–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले जितेको भन्दैमा कसैले एकलौटी गर्न नपाउने बताएका छन् । उनले एकलौटी गर्नेका बिरुद्धमा लाग्न काँग्रेस नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन् । नेपाली काँग्रेस पर्वतले गरेको जिल्ला सम्मेलनमा बोल्दै नेता जोशीले कम्युनिष्टको गलत रबैयाको बिरोध गर्दा कोही असुरक्षित भए संरक्षण गर्ने दायित्व आफ्नो भएको पनि ढाडस दिएका छन् ।
‘जहाँ जहाँ हामी हारेका छौ । त्यहाँ कसैले पनि एकलौटी तरिकाले काम गर्न पाइदैन । लाग्नुस् तपाईलाई संरक्षण गर्ने काम काँग्रेसको हो । तपाईको भरपर्ने नेताको हिसाबले मेरो हो । तपाईहरुको गर्धन तल मेरो गर्धन माथि भएर म तपाईहरुलाई बचाउछु’ उनले भने । उनले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबिच समन्वय नभएको पनि बताए । उनले निर्वाचित हुनेले म आफै जितेको हु भन्ने सोच राख्न नहुने र पार्टीसँग निरन्तर समन्वय हुनुपर्नेमा जोड दिए । ‘पार्टीबाट निर्वाचित जनप्रतिनिधि साथीहरु र पार्टीबिच समन्वय भएको छैन । निर्वाचित साथीहरुले पनि म आफै जितेको हु भन्ने सोच राख्नुभएन । पार्टीका साथीहरुले पनि जनप्रतिनिधि साथीहरुलाईसमन्वय गर्ने मिलाएर अघि बढ्नुप¥यो’ उनले भने ।
जोशीले पार्टीभित्रको अनुशासन हराएको बताए । उनले पर्वतमा घात गर्ने ८० प्रतिशतलाई ठीक पारेमा ठुलो उपलब्धी हुने दाबी पनि गरे । ‘सभापतिलाई पनि मेरो आग्रह छ, यो जिल्लामा पनि अन्र्तघातीलाई समाप्त पार्नुस् । १० प्रतिशतसम्म छोडेर गर्नुस्, २० प्रतिशतसम्म छोडेरै गर्नुस् त्यो पनि छुट छ तर अनुशासन कायम गर्नुस्’ काँग्रेस नेता जोशीले सभापति शेरबहादुर देउवासमक्ष भने–‘ पर्वतको सातमध्ये पाँच वटा स्थानीय तह र तीन वटा संसदीय क्षेत्रमध्ये दुई वटा क्षेत्र जिताउन सकिन भने अर्जुन जोशीलाई फासिदिनुस् । म जिताएरै देखाउछु ।’
जिल्ला सम्मेलनमा के के भने अर्जुन जोशीले ?
अचम्म लागेको थियो तपाईहरु सबैलाई अर्जुन जोशीले चुनाव हार्दैन । अर्जुन जोशीको काम गर्ने शैलीबाट तपाई परिचित हुनुहुन्थ्यो, तर चुनाव हारियो । एउटा चुनाव हार्दैमा एउटा लोकतान्त्रिक पार्टीले कहिल्यै गुनासो गर्नुहुँदैन । हामीले समिक्षा गरिसकेका छौ । धेरै कुरा समिक्षामा उठेका छन् । सबैको कुरा थाहा छ, अव हामी जाने कहाँ हो । तपाईहरु भन्नुहुन्छ हामी हारेका छौ, तर जितेकालाई भन्दा हारेकालाई जनताले खोजीरहेका छन् । जितेकाले आश्वासन र सपना बाँडेर गएका थिए । त्यो त परै जाओस, अझै महंगी, अझै हत्या, हिंसा, बलात्कार, अझै भ्रष्टाचार बढ्न थाल्यो । त्यसैले काँग्रेसलाई खोज्न थालेका छन् जनताले । तपाईहरु भन्नुहुन्छ नी काँग्रेस कमजोर भयो, प्रतिपक्षको भुमिका खेल्न सकेन, त्यो भनेकै ए काँग्रेस उठ । तिम्रो साथमा हामी छौ । त्यो संकेतलाई, त्यो पदचापलाई हामीले लिन जरुरी छ । हामी केवल आफैमा अलमलिएका छौ, ख्याल गरौ साथीहरु म कार्यकर्तादेखि नेतासम्म सबैलाई भन्छु, जनताको भावनालाई बुझ्ने कोसिस गरौ ।
जनता चाहिरहेका छन्, जहाँ महंगी बढेको छ, त्यहाँ काँग्रेसको खोजी भइरहेको छ, जहाँ चेलीबेटीहरु बलात्कार भइरहेको छ, न्याय नपाउदा त्यहाँ काँग्रेसको खोजी भइरहेको छ, जहाँ भ्रष्टाचार बढेको छ, त्यो रोक्नका लागि काँग्रेस खोजीरहेको छ । आज ३३ किलो सुन हेर्नुस तपाईले । त्यतिमात्रै होइन अदालतमाथि भइरहेको हस्तक्षेप पनि काँग्रेसले बोलिदिओस् भन्ने भावना आइरहेको छ । अख्तियारले खोजिरहेको छ, काँग्रेसले बोलिदिओस्, कर्मचारीले खोजिरहेका छन, शिक्षकले खोजिरहेका छन्, मिडियाले खोजिरहेको छ, मिडियाका साथीहरुलाई आजसम्म स्वतन्त्र रुपमा काम गर्न पाइरहेका थियौ अव त्यो पाउदैनौ की भन्ने चिन्ता छ । त्यसैले म साथीहरुलाई आग्रह गर्छु हामी आफ्नो घरमा घन बन्चरो हान्दै हिँड्ने, आफ्नै साथीको कुरा काट्दै हिँड्ने काँग्रेसलाई जनताले पछाडी छाडीदिन्छन् । जनताले त आफुलाई गाह्रोसाह्रो पर्दा उठाएर लिएर हिँड्ने काँग्रेस खोजिरहेको छ । काँग्रेसले खोज्न सकेन भने अरु कसैले बाँजी मार्छ । त्यसैले हामी आफै नै जनताको साथमा रहनेकी नरहने ।
हामी फेरी गल्ली र भट्टीमा कुरा काट्दै हिँड्ने, अर्काको बख्र्याइ गर्दै हिँड्ने की जनताको माझमा पुग्ने । आज हामी त नेताहरु छौ, मञ्चमा भाषण गर्दै हिँड्न पाएका छौ, आफ्नो गुनासो कुरा राख्न पाएका छौ, यहाँ गाउँगाउँबाट कार्यकर्ता आउनुभएको छ, उहाँहरुले कहिल्यै बोल्न पाउनुभएको छैन । तर उहाँहरुलाई गुनासो छैन । उहाँहरुलाई एउटै चिन्ता छ, तपाईहरु मिल्नुस, अराजकता नबन्नुस, अनुशासन कायम राख्नुस, तपाईहरुलाई नेता मान्छौ हामीलाई केही चाहिदैन भन्नुभएको छ । के उहाँहरुको भावना नबुझ्ने, त्यसैले हामीले आत्मसमिक्षा गर्न जरुरी छ । मैले तपाई सबै हुनुहुन्थ्यो होला संसदीय चुनावपछि काँग्रेसको समिक्षा भएको थियो । मैले भनेको थिए, यो सबैको जिम्मेबारी म अर्जुन जोशीले लिन्छु, २५ बर्षदेखि काँग्रेसलाई हाकेको छ । काँग्रेसलाई यो ठाउँमा ल्याएको छ । जे जति भएको छ, म लिन्छु त्यसको जिम्मेबारी । भनेर मबाट सुरु गरेको थिए । त्यसैले हामी सबैले त्यसरी नै सुरु गरौ । त्यसरी काँग्रेस सुध्रन्छ । अर्कालाई दोष देखाएर काँग्रेस सुध्रदैन ।
देशमा यत्रा यत्रा घटना घटेका छन् । बोल्न नपाउने परिस्थिति बनिसक्यो । तपाईहरु कतिले हेरिरहनुभएको छ, त्यो भइरल भइरहेको छ, डा.सुरेन्द्र केसीको । उनले के भनेका छन् भने एउटा टिभिमा म त एमालेको मान्छे हो । काँग्रेसलाई कुट्दै हिँड्ने मान्छे हु । तर आज मलाई काँग्रेस सभापति शेरबहादुर देउवाले भनेको कुरा मलाई खड्किरहेको छ । कम्युनिष्टले जितेभने बोल्नपनि पाइदैन, रुन पनि पाइदैन, हास्न पनि पाइदैन । त्यो सभापति देउवाले भन्दा मलाई पनि करिब–करिब शंका नै लागेको थियो । तर आज भयो त्यहि त । तपाईहरुले केही कुरा बोल्नै नपाउने ?
एउटा मान्छे मार्ने मान्छे एउटा संसदमा पुगेको छ । अदालतले कैद गर्दा पनि जेलमुक्त भएर बसेको छ बालकृष्ण ढुंगेल, अर्को रेशम चौधरीजस्तालाई शपथ खुवाएर राखिएको छ । अनि जनताले लेख्न नपाउने, सामाजिक सञ्चाल चलाउन नपाउने, पत्रकारहरुले सरकारले गरेका गलत कामको बारेमा बोल्न नपाउने, हत्यारा संसदमा, खबरदार भन्ने जनतालाई १५ बर्ष कैद हुने बिधेयक सरकारले ल्याएको छ । हिजो भनिएका कुराहरु आज सत्य सावित हुँदै गएको छ । हिजो हामीलाई जनताले हराएपनि फेरी काँग्रेस खोजिरहेको अवस्था छ । हामीमा एकता कायम हुने की नहुने, त्यो भावना बुझ्ने की नबुझ्ने, हेर्नुस, वाइडबडी काण्ड कत्रो ठुलो घटना, साढे चार अर्बको घटना । आफु मुछिएको डरले हाम्रो सभापतिको नाम पनि कता–कता मुछे । उहाँले हो संसदमा सबैभन्दा पहिले वाइडबडी जहाजमा भ्रष्टाचार भएकोछ, यसमा छानबिन हुनुपर्छ भनेको । अहिले पनि भनिरहनुभएको छ ।
काँग्रेसले गरेका कामको बारेमा जनतामा लिएर जान छाडेर कहाँ कमजोरी छ, कहाँ चर छ, खोज्दै हिडेर जनतामा जाने की हाम्रो गौरबशाली बिचारलाई लिएर जाने । त्यसैले साथीहरुमा भन्न चाहन्छु, अनावश्यक कुरामा होइन पार्टीलाई बलियो बनाउन तिर जाऔ ।
अन्त्यमा साथीहरु २५ बर्षसम्म गुन लगाउनुभएको छ । यो गुनलाई मैले तिर्नुपनि छ । त्यसैले मैले भन्ने गरेको छु । मैले मेरो सास छञ्जेल, लगातार तीन÷तीन पटकसम्म ०६४ सालको चुनावमा पनि जिते मैले । अहिले म हारे त्यतिबेला लगातार चुनाव जित्ने दुई÷तीन जनाबाहेक कोही हुनुहुन्थेन । शेरबहादुर दाई हुनुहुन्थ्यो, रामचन्द्र दाई हुनुहुन्थ्यो, बिजय गच्छदार हुनुहुन्थ्यो । अरु कोही पनि थिएन । त्यसैले तपाईहरुको यत्रो समर्थन र माया मैले पाएको छु । काँग्रेस हारेको बेलामा मेरो जिम्मेबारी अझै बढेको छ । म अझै खट्नुपर्छ भन्ने मलाई लागेको छ । त्यसैले म आज पनि घोषणा गर्छु, रामचन्द्र दाई आएको बेलामा घोषणा गरेको थिए ।
आज सभापति आउदा पनि म घोषणा गर्छु । मलाई कुनै पदको चाहना छैन । मलाई कुनै पदमा बस्नु छैन । साथीहरु मिल्नुस्, मिलाउनुस्, तिमि बाहिरै बस भन्नुस् म बाहिरै बस्न तयार छु, ऋषिकेशले भन्नुभयो नी त्यसैले । २०७० सालको चुनावमा बाहिर लड्नुस, चुनाव जित्ने मान्छेलाई बाहिर लड्नुस । मान्नुहुन्छ, तपाई । मान्नुहुन्छ । त्यसैले तपाई जित्ने पात्र बनाउनुस् न, ऋषिजी यही हुनुहुन्छ । मैले भनेको होइन लड्नुस तपाई संघीय संसदमा । नवराजजी यही हुनुहुन्छ, लड्नुस भन्या थिए । ललितकला यही हुनुहुन्छ लड्नुस् भन्याथिए । तर म आज बिश्वास दिलाउछु, सभापतिलाई पनि मेरो आग्रह छ, यो जिल्लामा पनि अन्र्तघातीलाई समाप्त पार्नुस् । १० प्रतिशतसम्म छोडेर गर्नुस्, २० प्रतिशतसम्म छोडेरै गर्नुस् त्यो पनि छुट छ । अनुशासन कायम गर्नुस् । पर्वतको सातमध्ये पाँच वटा स्थानीय तह र तीन वटा संसदीय क्षेत्रमध्ये दुई वटा क्षेत्र जिताउन सकिन भने अर्जुन जोशीलाई फासिदिनुस् । म जिताएरै देखाउछु । म साधारण सदस्य भएर बस्न पनि म तयार छु, कुनै पद चाहिदैन । त्यसैले साथीहरु हामीहरु एक हुन जरुरी छ । अव पार्टीलाई कसरी अगाडी लैजाने । म जेजस्तो भुमिकामा बस्न पनि तयार छु ।
अन्त्यमा थमन गुरुङ मेरो संसद क्षेत्र विकास समितिमा बसेर काम गर्नुभयो । नजिक भएर बस्नुभयो । उनको र मेरो सम्बन्ध के थियो भन्ने कुरा आज मलाई सम्झना आउछ, उसलाई भेटेर फर्केको राती नै निधन भयो । मलाई नै कुरेर बसेजस्तो भयो । दुई दिनअघि नै सिकिस्त छन बाच्दैनन् भन्याथिए । साथीहरु निराश नहुनुस । शोकलाई शक्तिमा बदल्ने भनेकै यही हो । धन्यबाद ।

spot_img

भर्खरै