spot_img

बाम सरकार आएपछि पेट्रोलको मूल्य बढेको–बढ्यै

पर्वत, जेठ ३–बाम सरकार बनेको एक सय दिन पुग्न लाग्दा पटक–पटक मूल्यबृद्धि भएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा बुधबार रातीदेखि लागुहुने गरी प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि भएको छ ।
नेपाल आयल निगमको बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ । यसअघि पेट्रोल १०८ र डिजेल र मट्टितेल ९० रुपैयाँ प्रतिलिटर रहेको थियो । पेट्रोलको मूल्इबृद्धि अहिलेसम्मकै बढी हो । मूल्यबृद्धिको चौतर्फी बिरोध भएको छ ।

spot_img

भर्खरै