spot_img

६ बर्षका छोरालाई आमाले आइरनले डामेपछि…

मोरङ, चैत १४ – छोराको ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका ३ की ३२ बर्षीया सरला पौडेललाई पक्राउ गरेको छ । उनले ६ बर्षीय छोरालाई तातो आइरनले शरीरमा डामेको पाइएको प्रहरी उपरीक्षक अरुणकुमार बीसीले बताए ।  सरलाको ७ बर्षअघि विराटनगर ३ का विक्रम काफ्लेसँग विवाह भएपछि छोराको जन्म भएको रहेछ । उनले भने, उनीहरुबीच सम्बन्ध विच्छेद भई छोरा आमासँगै बस्दै आएका हुन् ।

स्थानीय अन्नपूर्ण एकेडेमीमा अध्ययनरत बालकको शरीरमा नीलडाम देखेर शिक्षकले सोधपुछ गर्दा आमाले डामेको र ज्यान मार्ने धम्की दिँदै आएको रहस्य खुलेको बीसीले बताए । एकेडेमीले बालकका बुवा विक्रमलाई घटनाबारे जानकारी दिएपछि उनले जिल्ला प्रहरीमा उजुरी दिएका हुन् । प्रहरीले सरलामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । आजको कान्तिपुको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

spot_img

भर्खरै