spot_img

२० गतेदेखि सत्याग्रह थाल्ने केसीको चेतावनी

काठमाडौं, असोज ४ –प्रा.डा. गोविन्द केसीले माथेमा प्रतिवेदन र आफ्ना सुझावअनुसार परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गर्नुपर्नेलगायत चारबुँदे माग पूरा नभए असोज २० देखि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । आजको कान्तिपुरमा यो खबर छ ।

उनले गुणस्तरीय चिकित्सा शिक्षा र सेवामा आम नागरिकको पहुँच स्थापित गर्ने आफ्नो अभियानका बाबजुद माफियागिरी हावी रहेको उल्लेख गर्दै सत्याग्रह थाल्ने चेतावनी दिएका हुन् । डा केसीले चिकित्सा शिक्षा विधेयकलाई नेताहरूले आफ्नो स्वार्थअनुसार तोडमरोड गरी माफियामुखी बनाएर पारित गर्ने प्रयास गरिरहेको आरोप लगाए ।

मेडिकल माफियासँग मिलेर काठमाडौं विश्वविद्यालय (केयू) ले एमबीबीएसको शुल्क ६० लाखभन्दा बढी निर्धारण गरेको दाबी गर्दै उनले त्यसलाई अविलम्ब फिर्ता लिन आग्रह गरे ।सरकारले आर्थिक वर्ष २०७४र७५ सम्मका लागि तोकेको एमबीबीएसको शुल्क काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बीडीएसको शुल्क १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ नै कायम गर्नुपर्ने उनले बताए ।

spot_img

भर्खरै