spot_img

जुवातास बढ्दो, प्रहरी निरिह

पर्वत, असोज ३–पर्वत सदरमुकाम कुश्मामा जुवातास खेल्नेको संख्या बढेको छ । तिहारको समयमा केही दिन रंगरमाइलो गर्ने बाहेक सदरमुकाम कुश्मामा ब्यावसायिक रुपमा नै तास खेल्नेको संख्या बढेको हो ।
बजारका केही होटल र घरमा अड्डा जमाएर दैनिक तास खेल्ने गरिएको सारथीन्युजलाई सुचना प्राप्त भएको छ । केही बर्षअघि प्रहरीले जुवातास खेल्नेमाथि कडाई गरेपनि अहिले प्रहरीले देखेपनि नदेखेझै गर्ने गरेको छ । प्रहरीले आपराधिक गतिविधिलाई निस्तेज पार्ने जतिसुकै कडा कुरा गरेपनि जुवातास खेल्ने, लागुऔषध दुब्र्यसनीजस्ता घटनामा हात हाल्न सकेको छैन ।
प्रहरीकै केही सुराकीलाई जुवाडेले कमिसन दिएर सुचना नै नपु¥याउने समेत गुनासो आउने गरेको छ । यसरी ब्यावसायिक रुपमा जुवा तास खेल्नेमा प्रतिष्ठित ब्यक्तिहरु नै रहने गरेका छन् । प्रहरीले पक्राउ गरेपनि उच्चस्तरको दबाब आउनसक्ने आकलन गरेर पनि निर्वाध रुपमा जुवातास खेल्नेलाई मलजल गरेको पनि गुनासा आउने गरेको छ ।

spot_img

भर्खरै