काठमाडौं, भदौ २७–विदेशमा कामदार पठाउने म्यानपावरको धरौटी एक करोड रुपैयाँ पुर्याउने गरी वैदेशिक रोजगार ऐन २०६४ संशोधन मस्यौदा तयार भएको छ । श्रम मन्त्रालयले बनाएको समितिले सोमबार श्रममन्त्री फरमुल्लाह मन्सुरलाई मस्यौदा बुझाएको छ । मन्त्री मन्सुले संशोधन छिटो पारित गराउन पहल थाल्ने बताएका छन् । आजको कान्तिपुरमा खबर छ ।


