spot_img

समन्वय समितिमा मनोहरले जिते

पर्वत, साउन १७–जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा नेकपा एमालेका मनोहर बिश्वकर्मा पौडेल बिजयी भएका छन् । मंगलबार यहाँ भएको निर्वाचनमा दुई मतले उनले जितेका हुन । काँग्रेसका पुरीले छ मत ल्याउदा पौडेलले आठ मत प्राप्त गरे ।
उपप्रमुखमा पनि एमालेकै यामकुमारी राना बिजयी भइन् । उनले पनि आठ मत प्राप्त गरिन् । काँग्रेसकी लालकुमारी सिकेले छ मत प्राप्त गरिन् । यसैगरी सदस्यमा एमालेकै शर्मिला नेपाली, बिष्णुराम विक, नन्दलाल सुवेदी, ज्ञानबहादुर भण्डारी, ओमप्रकाश रेग्मी, कविता विक र बिष्णुमाया पौडेलले जित हासिल गरेका छन् ।
उनीहरु सबैले आठ मत प्राप्त गरेको निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए । समन्वय समितिको निर्वाचनमा १४ मत मध्ये एमालेको आठ र काँग्रेसको छ मत थियो । समन्वय समितिका प्रमुखमा निर्वाचित भएपछि पौडेलले सबै स्थानीय तहलाई समन्वय गराएर काम गर्ने बताए ।

spot_img

भर्खरै