spot_img

३५ वर्षको उमेरमा १८औं पटक सुत्केरी

बैतडी, साउन ३– नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् बैतडीको गोठालापानीमा । विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन ।

१५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उनका लागि । देवकीले वर्षेनी जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांगि्रएर ज्यान गयो । कतिपय कुपोषणको सिकार भए । लगातार १५ शिशुको ज्यान जाँदा पनि देवकीले फेरि गर्भवती हुनुपर्‍यो । १६ औं पटकमा जन्मिएकी छोरी बाँचिन् तर परिवार खुसी भएन ।

१७ औं पटकमा बल्ल छोरा जन्मियो । परिवारमा खुसी छायो । अझै छोराको चाहना मरिसकेको थिएन तर अठारौंपटक फेरि छोरी नै जन्मिइन् । जुन स्याहार, हेरचाह र खाना देवकीलाई छोरा जन्माउँदा मिलेको थियो, छोरीको पालामा त्यो मिलेन ।

‘मलाई बाँचुन्जेल यस्तै यातना सहन लेखेको रहेछ । म मरेपछि श्रीमानले अर्की ल्याइहाल्छन्, कसलाई के को पीर छ र Û’ देवकीको आक्रोश र रोदन मिश्रति भनाइबाट उहाँको सुत्केरी जीवन सहज छैन भन्ने अनुमान सहजै लगाउन सकिन्छ । सानै उमेरमा बिहे र त्यसपछि देवकी त्रिवाले भोग्नुपरेका दुःखबारे आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

spot_img

भर्खरै