spot_img

गोमन सर्पको डसाइबाट किशोरीको मृत्यु

सप्तरी, १५ भदौ । सप्तरीको रम्पुरा मल्हनिया गाविसमा मंगलबार सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रम्पुरा मल्हनिया–९ निवासी रामनारायण यादवकी १६ वर्षीया छोरी कौशिलाकुमारी यादव रहेको प्रहरीले जनाएको छ ।

तरकारीखेतमा काम गरिरहेका बुबालाई पानी दिन गएको बेला गोमन सर्पले डसेको थियो । उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । रासस

spot_img

भर्खरै