spot_img

कठैवरा ! कस्ले भन्ला ?

बलराम तिमल्सीना-

तिमीलाई मलाई खाने बाघ एउटै भन्ने जान्दा पनि
तिमीलाई मलाई लाने माघ एउटै भन्ने मान्दा पनि
तिमी हामी आपसमा झगडामा पर्‍यौंभने
कठैवरा ! कस्ले भन्ला भोलि सँगै मर्‍यौं भने ?
===================
तिम्रो मेरो दिलको राग एउटै भन्ने जान्दा पनि
तिम्रो मेरो मनको माग एउटै भन्ने मान्दा पनि
उचालिई कसैबाट उल्टासिधा गर्‍यौ भने
विचरा यी ! कस्ले भन्ला नरकमा झर्‍यौं भने
================
तिमी हामी हिड्ने बाटो एउटै भन्ने जान्दा जान्दै
तिम्रो हाम्रो ज्यूँने माटो साझा भन्ने मान्दा मान्दै
एउटा रुँदा अर्को हाँस्ने मूर्ख वुद्धि गर्‍यौं भने
भोलि भेट कहाँ होला सीमा पारि तर्‍यौं भने
=========================
तिमीलाई मलाई पुर्ने चिहान एउटै भन्ने जान्दा जान्दै
तिमी हामी हाँस्ने विहान साझा भन्ने मान्दा मान्दै
भेट हुँदा दुश्मनले जस्तै आँखा तर्‍यौं भने
कस्ले झण्डा ओढाउला मूर्खताले मर्‍यौं भने

spot_img

भर्खरै