spot_img

पर्वतको आर्थरमा भएको जिप दुर्घटनामा वडा सदस्य पौडेलको मृत्यु, दुई जना घाइते

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरमा सोमबार राती भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरको वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग १ ज ५८६५ नम्बरको जिप सोमबार राती करिब पौने ९ बजेको समयमा अँधेरीनेटा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी आर्थरका वडा सदस्य ५२ वर्षीय केशवराज पौडेलको निधन भएको हो। टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई उपचारको लागि पोखरा लगिएकोमा चिकित्सक मृत घोषणा गरेका हुन् । दुर्घटनामा जिपका चालक आर्थरकै २७ वर्षिय बुद्धि सागर पौडेल र ४६ वर्षिय राजेन्द्र पौडेल घाइते भएका छन् । उनीहरू दुवैको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको तथा अवस्था मध्यम रहेको तथा थप उपचार पोखरामा भइरहेको प्रहरीले बताएको छ ।
यात्रुहरूलाई छोडी चालक घर फर्किने क्रममा भएको दुर्घटनामा उक्त बलेरो पिक अप जिप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।

spot_img

भर्खरै