पर्वत, पैयूँ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम औपचारिक रूपमा शुभारम्भ भएको छ । बिहिबार एक कार्यक्रमकाबिच पैयुँ आधारभुत अस्पतालबाट बिमा कार्यक्रम सुरु भएको हो । गत भदौ २ गते स्वास्थ्य बिमा बोर्डसँग समझदारी पत्र पश्चात् आवश्यक तयारी पूरा गरी बिहिबारदेखि विधिवत रुपमा बिमा सेवा प्रवाह सुरु गरिएको अस्पतालले जनाएको छ। पैयूँ आधारभूत अस्पतालबाट प्रवाह हुने स्वास्थ्य बिमा सेवाबाट पैयूँ गाउँपालिकावासीका साथै छिमेकी पालिका बिहादी र महाशिला गाउँपालिका तथा यस अस्पतालसंग पायक पर्ने अन्य क्षेत्रका सेवाग्राहीहरूले समेत सेवा लिन पाउने भएका छन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले नागरिकको स्वास्थ्यलाई गाउँपालिकाको प्रमुख प्राथमिकताका रूपमा लिइएको उल्लेख गर्दै सञ्चालनमा आएको स्वास्थ्य बिमा कार्यक्रमले पैयूँ गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकहरूलाई सहज, सुलभ स्वास्थ्य सेवा स्थानीय स्तरमै उपलब्ध गराउने विश्वास व्यक्त गरे । आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ यस कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गाउँपालिकाले विशेष प्राथमिकता दिएकोले सम्पूर्ण सेवाग्राहीहरूलाई निश्चिन्त रूपमा स्वास्थ्य बिमा सेवाको लाभ लिन पालिकाले आग्रह गरेको छ ।
पैयूँ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ


