spot_img

हावापानीले नकाटेको ढल्यो, काटेको धानको पाँजा भिज्यो

पर्वत/पर्वतमा हावापानीका कारण भित्राउने बेलाको धानमा गम्भिर क्षति पु¥याएको छ । मंगलबारबिहानैदेखि परेको बर्षाका कारण पर्वतमा काटेको धानको पाँजा भिजेको छ । भिजेको धानको पाँजा केही दिन घाम नलाग्ने हो भने खेतमै उम्रिएर क्षति पुग्ने देखिएको छ ।

उता नकाटेको धान पनि ढलेको पाइएको छ । सोमबार बेलुकाको हावाका कारण नकाटेको धान पनि ढलेर क्षति पुगेको छ । भित्र्याउने वेलाको धान खेतीलाई सोमवारको हावा र मङ्गलवारको वर्षाले प्रभावित पारेपछि पर्वतका कृषक चिन्तामा परेका छन् । जिल्लाका अधिकांश ठाउँमा लगाइएको धान बालीमा क्षति पुगेको छ । कतिपय ठाउँमा धान काट्ने वेला भए पनि तिहारपछि काट्ने गरी कृषकहरू चाडबाड मनाउन व्यस्त थिए। पैयुँ, बिहादी, फलेबास लगायतका पालिकामा हावा र पानीका कारण धानमा क्षति पुगेको किसानहरुले जानकारी दिएका छन् ।

फलेवास नगरपालिका–४ मुडिकुवाका कृषक रघुनाथ गौडेलले आफूले लगाएको हाइब्रिड जातको धान नढले पनि स्थानीय जातका धान भने ढलेको बताए। हाइब्रिड धान खासै अग्लो नहुने भएकाले क्षति कम भएको तर अग्लो पराल भएका स्थानीय जातका धान भने खेतमै लडेको उनको भनाइ छ।

‘सातबीसे, बाह्रबिसे, नौबिसे, सेरा लगायतका फाँटमा धान ढलेको छ। हाइब्रिड जातको छोटो पराल भएको धान त खासै ढलेको छैन। लामो पराल भएको एक्ले, जेठो बुढो, गुडुरा जस्ता जातका धान खेतमै लडेका छन्’, उनले भने, ‘लगभग २० गतेभित्र काटिसक्ने धान हो। १० दिनअघि नै ढल्यो। कतिपय धान फूल खेल्ने बेलामा नै ढलिसकेको अवस्था छ। त्यो वेला त गेडामा चामल पसेको पनि हुँदैन। पराल पनि काम लाग्दैन। ढलेको धान पानी परेपछि त्यही पानीले कुहाउँछ।’

 

spot_img

भर्खरै