spot_img

जेएनजी पुस्ताको प्रदर्शनले देशभर अशान्ति

पर्वत/हिजो भएको प्रदर्शनमा सुरक्षाकर्मीबाट बर्बर दमन भएपछि जेएनजीले आज देशैभरी प्रदर्शन चर्काएका छन् । काठमाडौ उपत्यकासहित देशभर प्रदर्शन चर्किदा अशान्ति बढ्दो छ । प्रदर्शनकारीले अहिले राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेताका घर र पार्टी कार्यालयलाई निशाना बनाएका छन् । शान्तिपूर्ण प्रदर्शनलाई सरकार दबाउने दिशामा अगाडी बढेपछि आन्दोलन थप चर्कदै गएको हो । जेएनजी समुहले आज पर्वत सदरमुकाम कुश्मामा पनि प्रदर्शन गरेका छन् । शिवालयचोकमा जम्मा भएका युवा तथा बिद्यार्थीहरु बजारका विभिन्न भाग परिक्रमा गरी जिल्ला प्रशासन अगाडी पुगेर नाराबाजी गरेका थिए । प्रशासनअगाडी निधन भएकाहरुको सम्झनामा दीप प्रज्वलन समेत उनीहरुले गरेका थिए ।

spot_img

भर्खरै