पर्वत/कुश्मा नगर कार्यपालिकाकाे प्रवक्तामा लालकृष्ण बास्ताेला नियुक्त हुनुभएकाे छ । नगर प्रमुख रामचन्द्र जाेशीले अाईतबार बास्ताेलालाई प्रवक्ता नियुक्त गर्नुभएकाे हाे । बास्ताेला वडा नम्बर २ का वडा अध्यक्ष हुनुहुन्छ । नगर कार्यपालिकाकाे निर्णय तथा अाधिकारिक धारणा सार्वजनिक तथा सुचना प्रदान गर्न प्रवक्ता ताेकिएकाे नगर प्रमुख रामचन्द्र जाेशीले जानकारी दिनुभयाे ।


