spot_img

वातावरण दिवसमा बिहादीमा वक्तृत्वकला प्रतियोगिता, चन्द्र माबि उरामका अमृता प्रथम

पर्वत – जिल्लाको विहादी गाउँपालिकामा आयोजीत गाउँपालिका स्तरीय बक्तृत्वकला प्रतियोगीतामा चन्द्र माविका अमृता थापा प्रथम हुनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजीत वक्तृत्वकला प्रतियोगीतामा थापा प्रथम हुनुभएको हो ।

जलवायू परिर्वतनकोे असर : वातावरण जोगाउन नराखौ कुनै कसर विषय वक्तृत्वकला प्रतियोगीतामा शालिग्राम मावि सेतीबेणीका प्रतिमा तिवारी द्धितिय र बहाकी माविका निश्मा भट्टराईले तृतिय स्थान हासिल गर्न सफल भएका छन् ।

गाउँपालिकाका सभाहलमा आयोजीत वक्तृत्वकला प्रतियोगीतामा विजयी विद्यार्थीहरुले नगद रकम प्राप्त गरेका थिए । इनोभेसन मल्टिप्रपोज रिसर्च एण्ड कन्सल्टेन्ट प्रालि (आइएमआरसि) नामक संस्थाले विहादी गाउँपालिकासंगको आर्थिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

प्रतियोगीताको अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीप्रसाद भुषाल, डिभिजन वन कार्यालयका प्रमुख हेमलाल न्यौपाने, वन अधिकृत रामबहादुर विक, वडा प्रतिनिधि यादब भट्टराई, शिक्षक प्रतिनिधि कमला शर्मा लगायतले जलवायू परिर्वतनका विषयमा आफ्नो धारणा राखेका थिए ।

प्रतियोगीतामा ८ वटा माध्यमिक विद्यालयका १५ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

spot_img

भर्खरै