पर्वत —जिल्लाको कुस्मा नगरपालिका–५ मोदीवेणीमा स्नान गर्न पुगेकी एक महिलालाई कालीगण्डकी नदीले बगाएको छ । सोमबार १२ बजेको समयतिर महाशिला गाउँपालिका घर भएकी ३८ वर्षीया विष्णु पन्तलाई कालीगण्डकी नदीले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ ।
सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले दिएको जानकारी अनुसार नदीमा स्नान गर्ने क्रममा बगेकी महिलालाई अहिलेसम्म फेला पार्न सकिएको छैन । खोजी कार्यमा आफूहरू लागि रहेको पनि प्रहरी निरीक्षक सापकोटाले बताए ।
लुंखुदेउराली घर भए पनि कास्की आमरसिंहचोकमा बस्ने उनी कुस्मा दिदीको घरमा आएकी थिइन् । आज नयाँ वर्षमा कालीगण्डकी र मोदी नदीको दोभानमा स्नान गर्न जानेहरूको बिहानैदेखि भिड थियो ।


