पर्वत/नेपाली काँग्रेस प्रदेश सभा ख क्षेत्रीय सम्मेलन आज पैयुँ–४ हुवासस्थित हातेमालोचोकमा हुदैछ । प्रथम सम्मेलनलाई नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सम्बोधन गर्दै हुनुहुन्छ । महामन्त्री थापा बिहान १० बजे पैयँु आउने कार्यक्रम तय भएको थापाको सचिवालयले जनाएको छ । पहिलो पटक पर्वतको पैयुँमा महामन्त्री थापाको सम्बोधन हुनेछ ।
सम्मेलनलाई सम्बोधनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु अर्जुनप्रसाद जोशी, नैनसिंह महर, गोबिन्दबहादुर शाह, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङलगायतका नेता पैयुँ आउने कार्यक्रम रहेको छ । सम्मेलनमा प्रदेशसभा ख का पाँच सय ५४ जना क्षेत्रीय प्रतिनिधि र झण्डै पाँच हजारको सख्यामा नेता, कार्यकर्ता उपस्थित हुने प्रदेशसभा ख का सभापति परविन गुरुङले जानकारी दिनुभयो ।
यसअघि प्रदेशसभा ख क्षेत्रीय समितिको सम्मेलन सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरेको थियो । बैठकले फलेबास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीको संयोजकत्वमा आर्थिक समिति गठन गरेको थियो । आर्थिक समितिको सदस्यमा क्षेत्रीय समितिका सभापति परविन गुरुङ, पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी राज, फलेबास नगरपालिका सभापति हिरामणी सापकोटा, पैयुँ गाउँपालिका सभापति डम्बरकुमार प्रधान, बिहादी गाउँपालिका सभापति बिष्णुप्रसाद भुसाल, महाशिला गाउँपालिका सभापति उज्वल गुरुङ रहनुभएको छ । त्यसैगरी पैयुँका सभापति डम्बरकुमार प्रधानको संयोजकत्वमा मञ्च ब्यवस्थापन समिति गठन गरिएको थियो । सदस्यहरुमा कृष्ण भुर्तेल, मिन न्यौपाने, सनबहादुर राना, अभि गुरुङ, तिलकप्रसाद श्रेष्ठ रहनुभएको छ ।
अतिथि सत्कारतर्फ जानकी प्रधानको संयोजकत्वमा लिलादेवी शर्मा तिवारी, निर्मला शर्मा रेग्मी, रिता राना, कोपिला थापा, साबित्रीदेवी थापा रहनुभएको छ । युवराज भुसालको संयोजकत्वमा साजन परियार, ४ वटै पालिका सभापतिहरु, ३० वटै वडाका सभापतिहरु रहनुभएको छ । स्वागत समितिमा सभापति परविन गुरुङको संयोजकत्वमा प्रदेश ख बाट जिल्ला कार्यसमितिमा प्रतिनिधित्व गर्ने सबै पदाधिकारी, सदस्य, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, सम्पूर्ण प्रदेश समितिका पदाधिकारी, सदस्यहरु, सम्पूर्ण जनप्रतिनिधि, सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु रहनुभएको छ ।
समितिको सुरक्षाको जिम्मा नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघलाई दिइएको छ । कार्यक्रमको प्रेस संयोजकको रुपमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य साजन परियारलाई तोकिएको थियो । सम्मेलनमा सांस्कृतिक प्रस्तुती तथ झांकीका लागि बिमलराज क्षेत्री, युवराज भुसाल तथा नेपाली काँग्रेस पैयुँलाई जिम्मा दिइएको छ ।
काँग्रेसको क्षेत्रीय सम्मेलन आज, महामन्त्री गगनकुमार थापा पैयुँ आउँदै
