spot_img

काँग्रेसको प्रदेशसभा ख क्षेत्रीय सम्मेलन पैयुँमा, महामन्त्री गगनकुमार थापाले सम्बोधन गर्ने

पर्वत/नेपाली काँग्रेस प्रदेश सभा ख क्षेत्रीय सम्मेलन पैयुँ–४ हुवासस्थित हातेमालोचोकमा हुने भएको छ । प्रदेशसभा ख क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले सम्मेलन यही माघ २२ गते मंगलबार गर्ने निर्णय गरेको हो । प्रथम सम्मेलनलाई नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सम्बोधन गर्नुहुनेछ ।
‘महामन्त्री गगनकुमार थापाले प्रथम सम्मेलनका लागि समय दिनुभएको छ’ प्रदेशसभा ख क्षेत्रीय समितिका सभापति परविन गुरुङले भन्नुभयो–‘उपस्थितिका लागि सबै क्षेत्रीय प्रतिनिधिहरुलाई हार्दिक अनुरोध गर्दछु ।’ समितिको बैठकले सम्मेलन सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरेको छ । बैठकले फलेबास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । आर्थिक समितिको सदस्यमा क्षेत्रीय समितिका सभापति परविन गुरुङ, पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी राज, फलेबास नगरपालिका सभापति हिरामणी सापकोटा, पैयुँ गाउँपालिका सभापति डम्बरकुमार प्रधान, बिहादी गाउँपालिका सभापति बिष्णुप्रसाद भुसाल, महाशिला गाउँपालिका सभापति उज्वल गुरुङ रहनुभएको छ । त्यसैगरी पैयुँका सभापति डम्बरकुमार प्रधानको संयोजकत्वमा मञ्च ब्यवस्थापन समिति गठन गरिएको छ । सदस्यहरुमा कृष्ण भुर्तेल, मिन न्यौपाने, सनबहादुर राना, अभि गुरुङ, तिलकप्रसाद श्रेष्ठ रहनुभएको छ ।
अतिथि सत्कारतर्फ जानकी प्रधानको संयोजकत्वमा लिलादेवी शर्मा तिवारी, निर्मला शर्मा रेग्मी, रिता राना, कोपिला थापा, साबित्रीदेवी थापा रहनुभएको छ । युवराज भुसालको संयोजकत्वमा साजन परियार, ४ वटै पालिका सभापतिहरु, ३० वटै वडाका सभापतिहरु रहनुभएको छ । स्वागत समितिमा सभापति परविन गुरुङको संयोजकत्वमा प्रदेश ख बाट जिल्ला कार्यसमितिमा प्रतिनिधित्व गर्ने सबै पदाधिकारी, सदस्य, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, सम्पूर्ण प्रदेश समितिका पदाधिकारी, सदस्यहरु, सम्पूर्ण जनप्रतिनिधि, सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु रहनुभएको छ । समितिको सुरक्षाको जिम्मा नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघलाई दिइएको छ । कार्यक्रमको प्रेस संयोजकको रुपमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य साजन परियारलाई तोकिएको छ । सम्मेलनमा सांस्कृतिक प्रस्तुती तथ झांकीका लागि बिमलराज क्षेत्री, युवराज भुसाल तथा नेपाली काँग्रेस पैयुँलाई जिम्मा दिइएको छ । क्षेत्रीय समितिका सभापति परविन गुरुङको सभापतित्वमा भएको बैठकमा नेपाली काँग्रेस पर्वतका निवर्तमान पार्टी सभापति खिमप्रसाद भुसाल, महासमिति सदस्य एवम् पैयुँ गाउँपालिकाका निवर्तमान अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, फलेबास नगरपालिकाका नगरप्रुमख गंगाधर तिवारी, नेपाली काँग्रेस पर्वतका सहसचिव तिलकप्रसाद भुसाल, विभिन्न वडाका सभापतिहरु, वडा अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

spot_img

भर्खरै