spot_img

लागूऔषध काराेबारीकाे ट्रान्जिट बन्दै पर्वत

पर्वत /लागू औषध कारोबारको लागि पर्वत जिल्ला ट्रान्जिट बन्दै गएको छ । लागू औषधको ओसारपोसार र विक्री वितरणका लागि लागू औषध प्रयोजकर्ता तथा विक्रेताले पर्वत जिल्लालाई ट्रान्जिट बनाउँदै आएका छन् । पछिल्लो १ बर्षको तथ्यांकलाई हेर्दा पनि यो कुरा पुष्टि हुन आउँछ । पर्वतलाई कारोबार स्थल बनाउँदै लागू औषध प्रयोगकर्ताले विक्री वितरण गरीरहेको पर्वत प्रहरीलाई समेत सुचना छ । सुचनाकै आधारमा प्रहरीले विगत १ बर्षको अवधिमा झण्डै १७ जना लागू औषध कारोबार गर्नेलाई नियन्त्रणमा लिएको छ । लागू औषध दुब्यर्सनी पछिल्लो समयमा बढेर गएको छ । तर यसको रोकथामका लागि भने कहिकतैबाट पनि यथोचित प्रयास भएको भेटिदैन् ।

जनचेतनामूलक कार्यक्रम मार्फत यसको न्यूनिकरणको प्रयासमा स्थानीय तहहरु र अन्य सरकारी निकायले पनि चासो देखाएको भेटिदैन् । देश निर्माणका मुख्य हिस्सा लागू औषध दुब्र्यसनीमा फस्दै जाँदा त्यसले समग्र समाजलाई नै असर पुराउदँछ । तर यसको रोकथामको प्रयासमा सार्थक सफलता प्राप्त देखिदैन् । प्रहरी कार्यालय पर्वतका प्रमुख रविन बिष्टले पर्वत जिल्ला लागू औषधको ट्रान्जिट प्वाइट भएको स्विकार गर्छन् । उनले लागू औषध प्रयोगलाई न्यूनिकरण गर्नका लागि विद्यालय शिक्षा कार्यक्रमहरु सञ्चालन भईरहेको समेत बताए ।

पछिल्लो समयमा नियन्त्रणमा आएका लागू औषध कारोबारीहरुबाट विभिन्न सुचनाहरु प्राप्त भएका कारण अझै धेरै यसको कारोबार गर्नेलाई नियन्त्रणमा लिन सकिने उनले विश्वास ब्यक्त गरे । पछिल्लो समय विभिन्न मितिमा १७ बढि लागू औषध कारोबार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको तथ्यांक छ । यहि माघ महिनामा एक महिला सहित प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।

गत भदौ महिनामा प्रहरीले पर्बतमा पहिलो पटक ब्राउन सुगर र ठुलो परिमाणमा लागु औषध सहित ५ जना ब्यक्ती पक्राउ परेका गरेको थियो । प्रहरीले सञ्चालन गरेको विशेष अप्रेसन अन्तर्गत लागू औषध सहित ५ जना ब्यक्तिहरु पक्राउ परेका थिए । गत साउन महिनामै जिल्लाको कुश्मा नगरपालिका वा न ७ बाट लागूऔषध सहित ४ जना युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घरमा लुकाई राखेको अवस्थामा भारी मात्रामा लागू औषधि सहित ती युवतीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

लागू औषधका कारोबारीहरुलाई खोजी गर्ने अभियान प्रहरीले सञ्चालन गरे पनि अरु निकायको भने यसमा ध्यान गएको देखिदैन् । कुश्मा नगरपाकिाका प्रमुख रामचन्द्र जोशीले लागू औषध दुब्यर्सनी जटिल बन्दै गएको बताउँछन् । नगर प्रमुख जोशीले विद्यालय तथा क्याम्पसहरुमा सचेतनामूलक कार्यक्रम नगरपालिकाले सञ्चालन गर्न आवश्यक रहेको समेत औल्याए । लागू औषध दुब्यर्सनीका कारण कतिपट आपराधिक घटनाहरुमा समेत बृद्धि भएको प्रहरीको तथ्यांक छ ।

spot_img

भर्खरै