पर्वत/पर्वतका यातायात ब्यवसायीले अब यातायात ब्यावसायबाट हात झिक्ने अवस्था अाएकाे गुनासो गरेका छन । लाखाै खर्च गरेर सार्वजनिक यातायात सञ्चालनमा ल्याएपनि राताे नम्वर प्लेटका सवारीले निर्धक्क यात्रु बाेकेर सार्वजनिक सवारी साधन बन्द गर्नुपर्ने भएको गुनासो गरेका छन् ।
ट्राफिक प्रहरी प्रभावमा परेर निजि सवारीमा यात्रु बाेक्न दिएर अन्याय गरेकाे भन्दै गरिखानेका दिन गएकाे अावास भएकाे सार्वजनिक सवारी सञ्चालककाे दुखेसाे रहेकाे छ । ´गरिखानेलाई लखेटेर भ्रष्ट, दलालहरुले चलाएको देशमा आन्दोलन गरेर केहि हुनेवाला छैन, पर्बत यस्तो जिल्ला हो जहाँ रातो प्लेटका बोलेरो जिपले फलानो ट्राभल्स भनेर यात्रु बोक्न पाइन्छ, अनि सार्बजनिक बस खाली हुन्छ, बोलेरो जिप रले पछाडी राखेर कुस्मा बजारबाट यात्रु बोकिरहेका छन` पर्वत यातायातका हेम शर्माले भने-´जिल्ला ट्राफिक कार्यलयको १०० मिटर अगाडीबाट यात्रु बोकिरहेका छन, जिल्लामा भएका निकायमा भन्ने हो भने पनि केहि हुनेवाला छैन, हाम्रो जिल्लामा त रातो प्लेटले बिगत देखि यात्रु बिकिरहेका छन ।`
सरकारी निकायकाे लापरबाहीले आन्दोलन होइन अब यो ब्यबसाय नै छोडेर अरब जाने परिस्थिति ल्याएकाे शर्माले बताए ।