spot_img

जमिन भासिएपछि बस्ती जाेखिममा, भाैतिकमन्त्रीले गरे अवलाेकन

पर्वत/ मोदी गाउँपालिका वडा नम्वर- ६ तिलाहारमा बाटोसंगैको जमिन भाँसिदा सिंगो बस्ती नै जोखिममा परेको छ । तिलाहारको नवजागृत मावि नजिककै रहेको डिमुवा राम्जा चित्रे सडक भाँसिदा यो क्षेत्रको सिंगो वस्ती नै जोखिममा परेको हो ।

असार ३० गतेको राती आएको अबिरल बर्षातका कारण झण्डै ७० मिटर लामो सडकको भाग भाँसिएको छ । जमिन भाँसिएपछि स्थानीयले प्लाष्टिक ओढाएर भाँसिएको जमिनमा पानी बग्न तत्काल रोके पछि जमिनको भाँसिने क्रम भने नरोएिकको वडा अध्यक्ष दिपेन्द्रजंग लामिछानेले जानकारी दिए ।

जमिन भाँसिएपछि त्यसको तत्काल रोकथामका लागि गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ र मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानले स्थगत निरिक्षण गरेका छन् । मन्त्री गुरुङले तत्काल पहिरो नियन्त्रणका लागि आवश्यक डिजाइन तयार गर्न निर्देशन दिएको गाउँपालिका उपाध्यक्ष लामिछानेले जानकारी दिए ।

वस्ती नजिकको जमिन भाँसिएपछि सवारी आगमनमा समेत समस्या परेको र जमिन भासिएको स्थानका नजिकका घरमा रातको समयमा सुत्न समस्या परेको छ ।
उपाध्यक्ष लामिछानेले गाउँपालिकाले सक्ने तत्काल रोकथामको प्रयासका लागि सहयोग गर्ने भए पछि यसको नियन्त्रणका लागि ठूलो बजेट लाग्ने भएका कारण प्रदेश र संघ सरकारले पहिरो नियन्त्रणमा सहयोग गर्नुपर्ने बताए ।

spot_img

भर्खरै