पर्वत । जिल्लाको विहादी गाउँपालिका वडा न १ बाच्छामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयद्धारा चालु आर्थिक बर्षमा सम्पादीत कार्यक्रम तथा सेवाप्रवाहको सम्बन्धमा विहादी गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आगामी आर्थिक बर्षका लागि गाउँपालिकाले तय गर्ने नीति, कार्यक्रम तथा बजेटको बिषयमा सुझाब संकलन गरिएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले वडाबासीहरुका गुनासासंगै सुझाब र प्रश्नहरु समेत राखेका थिए ।
स्थानीय याबहादुर सुवेदी, गंगाबहादुर विक, तिरदेवी गुरुङ, उमाकान्त बस्नेत, बैगुण्ठ केसी, टेकबहादुर खड्का, नन्दु गुरुङ, भिमबहादर खड्का, यामबहादुर खड्का, झप्पर बहादुर कोइराला लगाएतले वडा कार्यालयलाई विभिन्न विषयमा सुझाब र प्रश्न राखेका थिए ।
वडा अध्यक्ष चित्रबहादुर गुरुङले सहभागीहरुबाट आएका प्रश्नहरुको जवाफ दिएका थिए । कार्यक्रममा वडा सचिव सुनिता ढकालले चालु आर्थिक बर्षको वडा कार्यालयका प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
जि एण्ड जि मिडिया प्रा.लि.को तर्फबाट पत्रकारद्धय गणेश गिरी र छविलाल तिवारीले कार्यक्रमको सहजीकरण गरेका थिए ।