अर्जुन क्षेत्री/अमृत रामदासकाे नयाँ लाेकदाेहाेरी गित सार्वजनिक भएको छ । अमेरिकाको बाल्टिमोरमा बसोबास गर्ने म्याग्दी घर भएका युवा कलाकार तथा लोक गायक अमृत रामदामले उक्त गित सार्वजनिक गरेका हुन । सुनिरहन मन लाग्ने लोक दोहोरी गित लिएर नेपाली लोक सँगितको आकाशमा उदाएका रामदास बिदेशमा रहेपनि नेपाली लाेकसंगितमा निरन्तर सक्रिय छन । यसअघि कहाँ भेटिएला जस्तो साह्रै मार्मिक गित निकालेका गायक रामदामले फेरी अर्कों मिठो लोक दोहोरी गितले दर्शक तथा स्राेताले मन पराउने अपेक्षा गरिएको छ । अमृतको सुर्कने सुरुक्कैको गित मात्र नभएर भिंडियों पनि उत्तिकै राम्रो र अाकर्षक रहेको छ । भिडियोमा चर्चित मोडेल अन्जली अधिकारी र सुनिल क्षेत्रीको दम्दार अभिनय रहेको छ भने सुनिता बुढ़ा क्षेत्री र अमृत रामदामको सुमधुर स्वर रहेको छ । अमृत रामदामको आफ्नै युट्युव च्यानलद्वरा सार्वजनिक गरिएको यो नयाँ गितलाई सबै दर्शक र स्राेताले मन पराउने अपेक्षा रामदासले गरेका छन् । मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गितको सर्जक र सँगित संयोजन सागर बिरहीले गरेका छन । भिंडियोंकाे निर्देशन भने सुनिल क्षेत्रीकाे रहेको छ ।