पर्वत, मालढुंगा–बेनी सडक पहिरोले अबरुद्ध बनाएको छ । शुक्रबार साँझदेखि परेको निरन्तर बर्षाका कारण पहिरो गएपछि रातीदेखि सडक अबरुद्ध भएको हो । कुश्मा–१ मालढुंगामा ठुलो पहिरो खसेको छ । जसका कारण म्याग्दीबाट मुलुकका बिभिन्न ठाउँमा हिँडेका सवारी सडकमै रोकिएको छ । पर्वतबाट म्याग्दी जाने सवारी उक्त सडक बन्द भएपछि बागलुङ हुँदै जान थालेका छन् । सडक खुलाउनका लागि डोजर र टिपर तयारी अवस्थामा राखेपनि बर्षा नरोकिएका कारण समस्या भएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ ।


