spot_img

स्वराेजगार बनाउन बनाैमा बासकाे मुढा बुन्ने तालिम

पर्वत, जलजला गाउँपालिका वडा नम्बर ९ बनाैमा बासकाे मुढा बुन्ने तालिम सम्पन्न भएकाे छ । स्थानियलाई स्वराेजगार तथा अात्मनिर्भर बनाउने उद्देश्यले जलजला गाउँपालिकाकाे अायाेजनामा १५ दिने पुनर्ताजगी तथा एडभान्स बासकाे मुढा बुन्ने तालिम बुधबार सम्पन्न भएकाे हाे । तालिमकाे समापन गर्दै जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जलजला गाउँपालिकाले भाैतिक बिकास संगसंगै विभिन्न सिपमुलक तालिमहरु दियर अात्मनिर्भर बनाउने, स्वराेजगार बनाउने काममा जाेड दिएकाे बताउनुभयो । उहाँले तालिमबाट सिपलाई उपयाेग गरि उत्पादन भएका बस्तुलाई बिक्रीका लागि बजार पुर्याउन गाउँपालिकाले सहजिकरण गर्ने अाश्वासन दिनुभयाे । क्षेत्रीले सिपलाई राम्रोसँग उपयाेग गरि ब्यवहारमा कार्यान्वयन गरि तालिमकाे लगानिकाे मर्म र उदेश्य पूरा गर्न अाग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राधाकुमारी कुवर क्षेत्रीले सीप सिकेपछि अाफ्नाे घरमा बसेर अाम्दानी गर्न सकिने भएकाेले उक्त तालिम अत्यन्त महत्त्वपूर्ण भएकाे बताउनुभयाे । उहाँले तालिम सिकेपछि ब्यवहारमा लागू गर्न पनि अाग्रह गर्नुभयो । जलजला गाउँपालिका वडा नम्बर ९ का वडा सचिव रामप्रसाद रिजालकाे अध्यक्षता, उद्यम बिकास सहजकर्ता गिता पाईजाकाे संचालनमा भएकाे तालिम समापन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, पर्वत शाखाका पुर्वअध्यक्ष अाेमप्रसाद घायललगायतले बाेल्नुभएकाे थियाे । तालिमको प्रशिक्षण अशाेक शाही र हिरा गर्वुजाले दिनुभएकाे थियाे ।

spot_img

भर्खरै