पर्वत, असोज १५–पर्वतको जलजला गाउँपालिकाका महिला उद्यमीहरुको लागि आयोजना गरिएको पाँच दिने उद्घोषण तथा क्षमता अभिबृद्धि कार्यक्रमको बिहीबार समापन गरिएको छ। गरिबी निवारणको लागि लघ् उद्यम विकास कार्यक्रम (मेडेपा) को सहयोगमा जलजला गाउँपालिकाद्धार
समापन कार्यक्रममा बोल्दै जलजला गाउँपालिकाका प्रममुख यामबहादुर मल्ल (रामकृष्ण) ले अहिलेको जमाना ‘बोल्ने पिठो बिक्ने, नबोल्नेको चामल पनि नबिक्ने’ रहेकाले उद्यमीहरुमा बोलाई कलाको विकास हुनु अनिवार्य रहेको बताए। उद्यममा लागेकाहरुले आफूलाई आवश्यक खर्च आफै जुटाउन सक्ने भएकाले परनिर्भरता हट्नुका साथै गरिबी निवारणमा पनि सहयोगी हुने भएकाले सकेसम्म धेरैलाई केही न केही उद्यममा लाग्न अनुरोध गरे।
‘केही न केही उद्यममा लागेको व्यक्ति केहील्यै पनि भोको पर्नु पर्दैन्। उसले आफूलाई आवश्यक पैसा आफै कमाउन सक्छ। यसले गरिबी निवारणमा पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ’ मल्लले भने, ‘जलजलामा सकेसम्म एक घर एक उद्यमी बनाउने लक्ष्य राखिएको थियो तर कोरोनाको अवस्था तथा बजेट अभावका कारण हामीले राखेको लक्ष्य पूरा गर्न सकिएको छैन्।’ अर्को प्रसंगमा बोल्दै उनले संबिधानमा स्थानीय तहलाई अधिकारले सुसज्जित गराइएको भए पनि व्यवहारमा त्यो नभएको उल्लेख गरे। प्रदेश सरकारले आफ्ना बजेट तथा कार्यक्रमहरु स्थानीय तहमार्फत नागरिक समक्ष लैजानुपर्नेमा झन जिल्ला जिल्लामा कार्यालयहरु स्थापना गरेर स्थानीय तहलाई अधिकार बिहीन बनाउने काम भइरहेको उनको भनाई छ।
यस्तै गाउँकार्यपालिका
‘पाँच दिनसम्म आयोजना भएको तालिममा सिकेका सीपहरुलाई दैनिक व्यवहारमा लागू गर्ने हो भने तपाईँहरुलाई सफल उद्यमी बन्न सजिलो हुन्छ। यहाँ सिकेका कुरालाई गाउँघरमा प्रयोग गरेको हुनुपर्छ’ उनले भने, ‘उद्घोषण तथा क्षमता अभिबृद्धि तालिमले गरिबी निवारणमा सहयोग गर्छ। अब बोलेर आफ्ना सामग्री बिक्री गर्न समस्या हुँदैन भन्ने लाग्छ।’
सो अवसरमा तालिम अवधिमा गरिएको मूल्याङ्कन अनुसार प्रथम बनेकी अम्बिका पौडेल, द्धितिय जागृति बरुवाल क्षेत्री तथा तृतिय बनेका सिमा थापा मगर, माया परियार र शोभा थापालाई पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै तालिममा प्रशिक्षकको रुपमा रहेका भवानीप्रसाद शर्मा, राजेन्द्र पहाडी र संजय रेग्मीलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो। कार्यक्रममा प्रशिक्षकको तर्फबाट शर्माले र सहभागीको तर्फबाट ढाका उद्यमी रीता दर्जीले बोलेका थिए।
गाउँपालिकाका प्रमुख मल्लको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्वागत उद्यम विकास सहजकर्ता संगीता अधिकारी के.सी ले गरेकी थिईन भने कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता गीता पाइजाले गरेकी थिईन्।


