पर्वत, जेठ २४–नेपाली काँग्रेसका दलित अगुवा एवम् स्थानीय नेता शशिधर विश्वकर्माको निधन भएको छ । कुश्मा नगरपालिका वडा नम्बर १ सिधाँली निवासी विश्वकर्माको सोमबार ६५ बर्षको उमेरमा निधन भएको हो । नेपाली काँग्रेसका क्रियाशिल सदस्य रहेका विश्वकर्मा स्थानीय दलित अगुवा हुन । सधै प्रजातन्त्र र लोकतन्त्रका साथै अधिकारको क्षेत्रमा सक्रिय रहने विश्वकर्माको पार्थिव शरिरमा नेपाली काँग्रेसका युवा नेता एवम् नेपाल तरुण दल जलजलाका अध्यक्ष प्रकाश पुनले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए । बिश्वकर्माको सोमबारै कुश्मा नगरपालिका वडा नम्बर १ स्थित कालीगण्डकी नदीको सहश्रधारा घाटमा अन्त्यष्टि गरिएको छ । विश्वकर्माको निधनले एउटा दलित अगुवा मात्र नगुमेर प्रजातन्त्र र लोकतन्त्रमा क्रियाशिल एउटा योद्धा गुमेको आफुले महसुस गरेको पुनले बताए । 
काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा


