spot_img

जलजला गाउँपालिकाको भवन निर्माणका लागि आठ रोपनी जग्गा प्राप्त

पर्वत, बैशाख १७–जलजला गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गर्ने भएको छ । हाल कार्यालय रहेको जलजला वडा नम्बर ४ लामाखेतमा आठ रोपनी जग्गा खरिद गरी गाउँपालिकाले चालु आर्थिक बर्षदेखि नयाँ भवन निर्माण सुरु गर्ने भएको हो । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आठ रोपनी जग्गा गाउँपालिकाको नाममा ल्याइएको र सोही जमिनमा यसै बर्षदेखि भवन निर्माण सुरु गर्न लागिएको जानकारी दिए ।
‘गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि आठ रोपनी जग्गा आफ्नो नाममा ल्याएको यसैबर्षदेखि निर्माणको काम सुरु गर्दैछौ’ अध्यक्ष मल्लले भने । यसअघि जलजला गाउँपालिकाको केन्द्र तत्कालिन सरकारले वडा नम्बर ४ मल्लाजमा तोकेको थियो । केही वडाले त्यसमा बिरोध जनाएपछि कार्यपालिका बैठकले सबैको सहमतिमा लामाखेतबाट कार्यालय सञ्चालन हुँदै आएको छ । हाल कार्यालय रहेको ठाउँबाट झण्डै एक किलोमिटर माथि जग्गा प्राप्त भएको र निर्माण प्रक्रिया तत्काल थलिने अध्यक्ष मल्लले बताए ।
जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले गाउँपालिकाको प्रशासकिय भवनका लागि तोकिएको जग्गासम्म सडक लैजाने र सम्याउने काम भएको र छिट्टै डिपिआर तयार हुने जानकारी दिए । ‘डिपिआर र जग्गाको लालपुर्जासहित संघीय मन्त्रालयमा पुगेर स्रोतको सुनिश्चितता गरेपछि निर्माणको काम सुरु हुनेछ’ शर्माले भने ।

spot_img

भर्खरै