spot_img

आज पर्वत उद्योग बाणिज्य संघको निर्वाचन, यसकारण शिव शर्मा पौडेलको पल्लाभारी


पर्वत, चैत ७–आज हुन लागेको पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा ब्यावसायिक तथा साझा समुहको नेतृत्व गरेका शिव शर्मा पौडेलले आफुले जितेमा ब्यावसायीको १० लाख बराबरको निशुल्क बिमा गरिदिने घोषणा गरेका छन् । यसपटक बलियो उम्मेदवारका रुपमा देखिएका अध्यक्ष पदका उम्मेदवार शिव शर्मा पौडेल समुहले तीन बर्षभित्र गर्ने आकर्षक र सम्भव भएका अजेण्डा प्रस्तुत गर्दै हरेक ब्यावसायीको निशुल्क बिमा गरिदिने बताएका छन् । प्रतिबद्धता पत्रमा उल्लेख गर्दै पौडेल समुहले निर्वाचित भएको तीन महिनाभित्रै प्रतिबद्धता कार्यान्वयनमा लैजाने बताएको छ ।
त्यसैगरी अहिलेजस्तो सदस्यता बितरण र नविकरणमा भइरहेको अपारदर्शितालाई रोक्न अनलाइनकरण गर्ने, अनलाइनबाट नै संघको काम गर्न पाउने ब्यवस्था गर्ने, हरेक पालिकामा उपशाखा बनाउने, ती पालिकालाई शक्तिशाली बनाउने, पालिकामा बनाउने उपशाखामा २०÷२० लाखको कोष बनाउने, संघमा कल्याणकारी कोषलाई पाँच करोड पु¥याउने बताएको छ । विगतमा पनि पर्वतमा पर्यटन भित्राउन महत्वपूर्ण उल्लेख्य काम गर्दै आएका शिव शर्मा पौडेलले पर्वतको अग्लो पुलको जिल्लाका रुपमा चिनाउन पनि प्रभावकारी भुमिका खेले ।
पहिलो पटक पौडेलकै अध्यक्षतामा कुश्मा–ज्ञादी अग्लो पुल निर्माण भएको हो । अहिले अग्ला पुलको जिल्लाका रुपमा परिचित पर्वत उनै पौडेलको महत्वपूर्ण हात रहेको छ । पर्वतका हरेक पर्यटकीयस्थललाई भौतिक विकाससँगै प्रचारप्रसार र पर्यटक आएर बस्ने, भुल्ने बाताबरण बनाउनुपर्छ भनेर लाग्ने प्रमुख ब्यक्तिका रुपमा शिव शर्मा पौडेलको हात रहेको छ । यस पटक विगतमा पौडेलले गरेका कामकै कारण आज हुन गइरहेको पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा शिव शर्मा पौडेलको ब्यावसायिक तथा साझा समुहलाई नै मतदान गर्ने अधिकांश उद्योगी ब्यावसायीले घोषणा गरेका छन् । पौडेल समुहबाट सदस्य पदमा अनिता मल्ल केसी, राधाकुमारी शर्मा, मानसिंह भण्डारी, दिपेन्द्र गिरी, नवराज भण्डारी, कृष्णबहादुर मल्ल, शिव श्रेष्ठ, कृष्णप्रसाद शर्मा, रामु शर्मा, राजकुमार बस्नेत, बिनोद आचार्य, दिनेश श्रेष्ठ, लक्ष्मण शर्मा, बिज्ञानबम मल्ल, प्रल्हाद गिरी, सञ्जय नेपाली, श्रीप्रसाद पौडेल, घनश्याम मल्ल, योगराज गिरी, कृष्णप्रसाद शर्मा, बिनोदकुमार श्रेष्ठ, शिवराज शर्मा उम्मेदवार छन् ।
यसकारण पौडेलको पल्लाभारी
–पर्वतको अग्लो पुलको जिल्लाका रुपमा चिनाउन कुश्मा–ज्ञादी झोलुंगे पुल निर्माणको नेतृत्व
–पर्वतलाई पर्यटकीय हव बनाउन नेतृत्वदायी भुमिका
–घरेलु तथा साना उद्योगीको पक्षमा लामो समय काम गरेको अनुभव
–विगत २२ बर्षदेखि पर्वत उद्योग बाणिज्य संघमा रहेर निरन्तर उद्योगी ब्यावसायीको पक्षमा काम गर्दै आएको अनुभव
–पुराना र अनुभवी अधिकांश पूर्वअध्यक्षहरु पौडेलको पक्षमा खुलेर क्रियाशिल
–विगतमा विभाजित प्रजातन्त्रबादी ब्यावसायी यसपटक एकढिक्का भएर शिव शर्मा पौडेलका पक्षमा सक्रिय
–हरेक ब्यावसायीको १० लाखको निशुल्क बिमा गरिदिने
–संघमा हुने कामलाई अनलाइनमार्फत गर्न सकिने ब्यवस्था मिलाउने
–उपशाखालाई शक्ति बिकेन्द्रीकरण गर्ने
–आफुले गरेका प्रतिबद्धता तीन महिनाभित्रै कार्यान्वयनमा लैजाने

अघिल्लो समाचार
अर्को समाचार
spot_img

भर्खरै