पर्वत, मंसिर २८–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बाट निर्वाचित वडा सदस्यले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् । जलजला वडा नम्बर ६ की वडा सदस्य ९तत्कालिन नेकपा एमालेबाट निर्वाचित० मायादेवी रेग्मीले नेकपा परित्याग गरी आइतबार नेपाली काँग्रेसमा प्रवेश गरेकी हुन । नेकपा सरकारले देशमा सुशासन र समृद्धि दिनुको सट्टा भ्रष्टाचार र कमिशनको खेलमा संलग्न भएको र दिनप्रतिदिन आन्तरिक किचलोमा फस्दै गएको भन्दै वडा सदस्य रेग्मीसहित नेकपाका सक्रिय सदस्य केदारनाथ भुसाल, मनका भुसाललगायत नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । उनीहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह समन्वय विभागका केन्द्रीय संयोजक अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०, नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा पुन गर्बुजालगायतले अविर लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका हुन । नेकपा सरकारले सुसासन र संबृद्धि दिन नसकेको गुनासो बढिरहँदा नेकपा परित्यागको लहर बढेको छ । जलजला गाउँपालिकामा यसअघि पाँच सय बढी नेकपा नेता कार्यकर्ताले पार्टी छाडेर नेपाली काँग्रेसमा प्रवेश गरिसकेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले गत निर्वाचनमा नेकपाका नेताहरूले जनतामा बाँडेको झुटो आश्वासन र उधारा सपनाहरू तीनबर्ष पनि टिक्न नसकेको वताए । ‘झुट बोल्दै गर्दा, चुनावको बेला उधारा सपना बाँडेको अहिले जनताले बुझ्न थालेका छन्’ जोशीले भने । आफू जनप्रतिनिधि हुँदा जनताको घरदैलोमा सडक, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य र सिंचाई लगायत विकासका थुप्रै पूर्वाधारहरू पु¥याउँदा पनि अर्जुन जोशीले केही गरेन भनेर हिँड्नेहरू चुनाव जितेको तीनबर्षमै जनताको नजरबाट गिरेको टिप्पणी जोशीले गरे ।
‘अर्जुन जोशीले केही गरेन भनेर चुनाव जितेकाहरूले मैबाट शुरू भएका विकास आयोजनाको बजेट कटाएर जनतामाथि अन्याय गरेका छन्, उनीहरूको नक्कली कुराको केही बर्षमै पर्दाफास भयो’ काँग्रेस नेता जोशीले भने । उनले कम्युनिष्टबाट सुशासन र समृद्धि सम्भव नभएको भन्दै जनताहरु काँग्रेसकाप्रति आकर्षित हुँदै गएको दाबी गर्दै नेकपा छोड्ने र काँग्रेस प्रवेश गर्ने लहर त्यसैको दृष्टान्त भएको वताए ।
नेता जोशीले काँग्रेस भएका कारण कसैले पनि हिनताबोध गर्नुनपर्ने वताउँदै पर्वतका सबै काँग्रेस कार्यकर्ताको मनोबल उठ्नेगरि संगठन सुदृढिकरण गर्न आफू लागिरहेको जानकारी गराए ।
कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले आफू जनप्रतिनिधिका रूपमा निर्बाचित भएदेखिनै आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर जनताको समस्याका प्रति समर्पित भएर काम गरेकोले जलजलामा नेकपाबाट पाँच सयबढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको दाबी गरे । अध्यक्ष मल्लले केन्द्र र प्रदेश सरकार नेकपाको कब्जामा भएर पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको कारण कार्यकर्तामा निरासा बढ्दै गएको बताए । नेकपा सरकारको स्वेच्छाचारी र सर्वसत्तावादी चरित्रका कारण उनीहरूबाट निर्बाचित जनप्रतिनिधिहरूले समेत पार्टी परित्याग गर्ने अवस्था आएको मल्लले बताए । नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहेका मल्लले जलजलाका सबै जनताको घरदैलोमा पुगेर उनीहरुको समस्या बँुझि त्यो समस्या समाधान गर्न आफू सँधै प्रतिबद्ध रहेको बताए । हरेक अफ्ठ्यारो परिस्थितिमा आफूलाई सम्झिन गाउँपालिकाबासीमा आग्रह मल्लले गरे । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले नेकपाको जनतालाई ढाटेर जनमत लिने राजनीति अहिले जनताले बुझ्दै गएको बताए । कार्यक्रम नेपाली कांग्रेस शालिजाका वडा सभापति बलबहादुर पुनको अध्यक्षतामा भएको थियो । सोही अवसरमा नेपाली काँग्रेसमा प्रवेश गरेकी वडा सदस्य मायादेवी रेग्मीले नेकपाले चुनावमा दिएको सपना पुरा हुनुको सट्टा पार्टीभित्रै कसले भाग खाने भन्ने झगडामा रुमलिएपछि सच्चा पार्टी नेपाली काँग्रेस नै रहेछ भनेर नेपाली काँग्रेसमा प्रवेश गरेको बताइन ।



