spot_img

कोरोना कोषमा नेपाल शिक्षक संघ जलजलाद्वारा ४० हजार सहयोग

पर्वत, असोज ६–नेपाल शिक्षक संघ जलजला गाउँपालिका समितिले कोरोना कोषमा ४० हजार नगद सहयोग गरेको छ । नेपाली काँग्रेसको शुभेच्छुक संस्थाका रुपमा रहेको संघले जलजला गाउँपालिकामा स्थापना गरिएको कोरोना कोषमा उक्त सहयोग गरेको हो । उक्त रकम गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)लाई नेपाल शिक्षक संघ जलजला गाउँपालिकाका अध्यक्ष भवानीशंकर पौडेल, जिल्ला कार्य समिति सदस्य हरिनारायण रेग्मीलगायतले हस्तान्तरण गरेका हुन ।
संघमा आबद्ध जलजला गाउँपालिकाका विभिन्न शिक्षकहरुबाट संकलन गरिएको रकम जलजला गाउँपालिकाको कोरोना कोषमा जम्मा गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । उक्त कोषमा यसअघि नेपाल तरुण दल, नेविसंघलगायत विभिन्न संघसंस्थाले पनि सहयोग गरेका थिए । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले ब्यक्तिगत दुई लाख रुपैयाँ सहयोग गरेर स्थापना गरिएको कोषबाट जलजला गाउँपालिकाले कोरोना भाइरस बिरुद्धको अभियान सञ्चालन गर्दै आएको छ । अध्यक्ष मल्ल र प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले कोषमा सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद दिएका छन् । जलजला गाउँपालिकाले नौ वटै वडाका बिपन्न र गरिब बासिन्दालाई राहत बितरण गरेको थियो ।

spot_img

भर्खरै