spot_img

नेपाली काँग्रेस भुकका नेता रक्षबहादुरको निधन, काँग्रेस केन्द्रीय सदस्य जोशीले ओढाए पार्टीको झण्डा

पर्वत, भदौ २७–नेपाली काँग्रेस मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्लेका नेता रक्षबहादुर गुरुङको ७४ बर्षको उमेरमा शुक्रबार निधन भएको छ । घाँस काट्न जङ्गल गएका गुरुङको लडेर घटनास्थलमै निधन भएको हो । गुरुङको शनिबार भुरुङ्दी खोलामा अन्त्यष्टी गरिएको छ ।
गुरुङको पार्थिव शरिरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले पार्टीको झण्डा ओढाउदै अन्तिम श्रद्धाञ्जली दिए । रक्षबहादुर इमान्दार कार्यकर्ता भएको भन्दै काँग्रेस नेता जोशीले रक्षबहादुरको निधनले पार्टीलाई अपुरणिय क्षति पुगेको बताए । रक्षाबहादुरले भेट हुँदा सधै राम्रो गर बाबु भनेर सल्लाह, सुझाब दिने गरेको जोशीले स्मरण गरे । ‘म भुकमा जाँदा रक्षबहादुरकै घरमा बस्थे, साथीहरुले त्यही लगेर राख्नुहुन्थो, मलाई आफ्नै घरजस्तै लाग्थ्यो तर हिजो उहाँको निधन भएको सुनेपछि म स्तब्ध भए’ जोशीले भने ।
अन्त्यष्टीका क्रममा नेपाली काँग्रेसका नेतृ एवम् गण्डकी प्रदेशका प्रदेशसभा सदस्य ललितकला गुरुङ, नेपाली काँग्रेस पर्वतका जिल्ला कार्य समिति सदस्य डा.चुडामणी शर्मा, जिल्ला कार्य समिति सदस्य परशुराम पुरी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, नेपाली काँग्रेस भुकका सभापति जगनबहादुर गुरुङ, मोदी–१ का कार्यवहाक वडा अध्यक्ष भुलबहादुर पौडेललगायतले गुरुङलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

spot_img

भर्खरै