spot_img

ढाेरपाटनमा काङ्ग्रेस नेता खांडले बितरण गरे चार लाख बराबरकाे राहत

पर्बत/नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक,पुर्ब मन्त्री एवं प्रभाबशाली नेता बालकृष्ण खाणले बाग्लुङ ढोरपाटन नगरपालिका भुजिखोला क्षेत्रमा गएको भीषण पहिरोका कारण ज्यान गुमाएढका परिवारलाई झण्डै चारलाख बराबरको राहत वितरण गर्नुभएको छ । पीडित परिवारको दुखमा मलम लगाउने हेतुले बागलुङ कांग्रेसका क्षेत्रीय सभापति दोणकुमार कुवँरमार्फत नेता खाँडले उक्त राहत उपलब्ध गराउनु भएको हो ।

राहत सामग्री अन्तर्गत त्रिपाल ४० थान, १३० बक्स लाली चाउचाउ, भुजा २ बोरा, चामल ६० बोरा, स्वायबिन २ बोरा, चिउरा २०० केजी, सिटामोल २०० बक्स, जिबन जल १०० बक्स, माक्स ४०० पिस, राहत सामग्री हस्तान्तरण गर्नु भयको छ । साथै नेता खाँडले सो क्षेत्रका जनताप्रतिनिधि, राजनीतिक दलका सदस्यहरु साथै सबैलाई उद्वार र राहत कार्यमा सहयोग पुर्‍याउनु अनुरोध गर्दै घटनामा मृत्‍युहुनेहरुप्रति श्रद्दान्जलि तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । नेता खाँडले देखाएको सदाशयताप्रति नेपाली काँग्रेसका क्षेत्र नं २ बागलुङले उच्च प्रशंसा सहित आभार व्यक्त गरेको छ ।

spot_img

भर्खरै