spot_img

गुट उपगुट नभनी काम गर्नुस, काङ्ग्रेस त्यसै बलियो हुन्छ : काङ्ग्रेस केन्द्रीय सदस्य जोशी

कास्की/नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीले नेपाली कांग्रेसमा गुटको समस्या रहेको संकेत गर्दै नेताहरुलाई स्थानिय तहमा कांग्रेसलाई बलियो बनाउन आग्रह गर्नुभएको छ । कास्की क्षेत्र नम्बर ३, अन्नपूर्ण गाँउपालिका इकाई कमिटीको आयोजनामा वि.पि विचार र आजको सान्दर्भिकता बिषयक गोष्ठीमा प्रमुख अतिथीको मन्तब्य ब्यक्त गर्दै जोशीले सो कुरा बताउनुभएको हो । वि.पीको ३८ औं स्मृती दिवशको अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँले नेपाली कांग्रेसले वि.पीको सिद्धान्तमा रहेर काम गर्न सोही अनुसार परिमार्जित हुन आवश्यक रहेको बताउनुभयो । केन्द्रका नेताहरुले गुट उपगुटको कुरा गरेपनि स्थानिय तहका नेताले गुट उपगुट नभनी काम गर्न उहाँले सुझाव दिनुभयो । ‘केन्द्रमा बरु शेर बहादुर दाई र रामचन्द्र दाई त राम्रोसंग बोल्नुहुन्छ नि’ उहाँले भन्नुभयो ‘स्थानिय तहमा त गुट उपगुट भन्दै पानी बाराबारकै अवस्था छ यो सुधार्नुपर्छ ।’

कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले पद्धतीमा चल्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । ‘प्रत्येक ५÷५ बर्षमा महाधिवेशन हुन्छ, मन नपरेको नेतालाई चुनावबाट पाखा लागउनुस न’ उहाँले भन्नुभयो १४ औं महाधिवेशन आउदैछ चुनाव सम्म त कुर्नसक्नुपर्छ नी ।’ कास्की कांग्रेस प्रति चिन्ता ब्यक्त गर्दै कास्की कांग्रेसको जितको लागि आफुले गुट उपगुट नभनी लाग्ने बताउनुभयो । कास्की प्रदेशको राजधानी भएकोले कास्कीमा कांग्रेस बिग्रियो भने छिमेकी जिल्लालाई पनि असर पार्ने उहाँको भनाई छ । कांग्रेस बलियो बनाउन अब केही समय समाजका प्रत्येक नागरिकको घरघरमा पुग्ने समय छुट्याएर हिड्नु पर्ने उहाँले बताउनुभयो । गुट उपगुट नभनी कांग्रेस भनेर लागेर हिडे मात्र वि.पीको सपना साकार गर्न सकिने उहाँको धारणा थियो । कार्यक्रमका प्रमुख बक्ता प्रा.डा. कुसुमाकर न्यौपानेले वि.पीको सिद्धान्त र कार्यको स्मरण गराउनुभएको थियो । पछिल्लो समय वि.पीको सिद्धान्त र धारणा विपरितका कार्यहरु छिटफुट रुपमा हुने गरेको भेटिन थालेकोमा उहाँको चिन्ता थियो । सबै नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई वि.पी पथमा हिड्न उहाँले सुझाव दिनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापती आई बहादुर गुरुङ, क्षेत्रिय सभापती पोषनाथ शर्मा, महाधिवेशन प्रतिनिधी रामचन्द्र त्रिपाठी, अन्नपूर्ण गाँउपालिका अध्यक्ष युवराव कुँवर, संविधान सभा सदस्य सारदा पौडेल, तरुण दलका कास्की सभापती मनोज गुरुङ लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कास्की क्षेत्र नम्बर ३, अन्नपूर्ण गाँउपालिका इकाई कमिटीका सभापती मनपती भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण प्रसाद सुवेदीले गर्नुभएको थियो

spot_img

भर्खरै