पर्वत\ नेपालको नयां नक्शा सहित मेरो देश नामक स्वदेश गान सार्वजनिक भएको छ । भारतले अतिक्रमण गरेको नेपालको भुमि लिपूलेक र लिम्पीयाधुरा समेतलाई समेटेर जारी गरिएको नक्शा राखेर देशभक्ति गीत सार्वाजनिक गरिएको छ ।
देशभक्तिलाई ध्यानमा राखेर कुशल सर्जक शक्ति क्षेत्रीले लेखेको गीतमा स्वर कमल खत्रीको रहेको छ ।
प्रवासमा वसेर पनि देशको माटो सम्झेर केहि गरो भनि मेरो देश नामक स्वदेश गानको रचना गरेको शक्ति क्षेत्रीले वताए । उक्त गीतमा संगित समेत उनले नै दिएका छन् ।
‘लिम्पियाधुरा र कालापानी सहितको नक्सा नेपाल सरकारले जारी गरेपछि मेरो देशको भिडियो रिलिज भएको हो ।
उक्त भिडियोमा नेपालको नयाँ नक्शा प्रयोग गरेको गीतका लेखक खत्रीले भने, ‘गीतको भिडियो छायांकन गर्न मात्रै दुई महिना लागेको थियो । भिडियोमा देशका विभिन्न ठाउँहरुको दृश्य समेटिएको छ ।
गीतको भिडियोमा कालिञ्चोक, मुस्ताङ, शिवापुरी, बसन्तपुर दरवार स्क्वायर, पाटन दरवर स्क्वायर, धौलागिरी बेस क्याम्प, डेविस फल,पर्वतको रकगाडेन, जनकपुर लगायता देशका विभिन्न सांस्कृतिक महत्व बोकेका र सुन्दर ठाउँहरु समावेश गरिएका छन् ।
भिडियोलाई सिम्पल खरेलले निर्देशन गरेकी हुन् । भिडियोलाई युट्युबमा छोटो समयमा नै धेरै दर्शकले मन पराएका छन् ।