नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै काँग्रेसका युवा नेता मल्लले लोकतन्त्रको संस्थागत विकास र नागरिक अधिकारको रक्षाका लागि नेपाली काँग्रेसले कोही कसैसँग सम्झौता नगरेको वताउँदै गाउँको विकास र जनताको समृद्धिका लागि कांग्रेसले पुर्ण इमानदारिताका साथ काम गर्ने दावी गर्नुभयो । मल्लले कम्युनिष्टहरूले चुनाबमा गरेको प्रतिबद्धता पुरा गर्न नसकेको कारण कार्यकर्तामा निरासा बढ्दै गएको दाबी गर्दै सस्तो लोकप्रियताका लागि गरिने अनर्गल प्रचारबाजीले कसैको पनि राजनीति दिगो नहुने वताउनु भयो । जलजला गाउँपालिकाका अध्यक्ष समेत रहेका मल्लले गाउँपालिकाबाट वितरण हुने सबै सेवासुविधामा सम्पूर्ण गाउँबासीको समान अधिकार रहेको भन्दै आफूले आस्थाका आधारमा भन्दा आवस्यकताका योजनाहरूको वितरण गरेको जानकारी दिनुभयो । अध्यक्ष मल्लले गाउँको विकासका लागि राजनीतिभन्दा माथि उठेर जलजलाको प्रगतिका निम्ति हातेमालो गर्न सबैमा अपिल गर्नु भएको थियो ।कार्यक्रममा जलजला ४ का वडा अध्यक्ष भीष्म मल्ल, जलजला गाउँपालिकाका राजनैतिक सल्लाहकार याम शर्मा पौडेल, नेपाली काँग्रेसका क्षेत्रीय सहसचिव जीतबहादुर मगर पुन, नेपाली काँग्रेस शालिजाका सभापति बलबहादुर पुर्जा लगायतले बोल्नुभएको थियो । नवप्रवेशी सबै युवाहरूले जलजला गाउँपालिकाका अध्यक्ष मल्लको कामबाट प्रभावित भएर आफूहरू नेपाली कांग्रेसमा प्रवेश गरेको वताएका थिए ।



