पर्वत, जेठ १५–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले संसदको कार्यसुचीबाट संविधान संशोधनको प्रस्ताव हटाएकोमा आपत्ति जनाएका छन् । भारतीय नक्सा र अतिक्रमणको बिरोधमा सर्बप्रथम बक्तब्य र पार्टीबाट निर्णय गरेर दृढतापूर्बक सरकारलाई समर्थन गरिरहेको नेपाली काँग्रेसलाई थाहा नै नदिइ संबिधान संशोधन प्रस्ताब दर्ता गरेर संसदको कार्यसूचिबाट हटाएकोमा उनले आपत्ति जनाएका हुन ।
‘भारतीय नक्सा र अतिक्रमणको बिरोधमा सर्बप्रथम वक्तब्य निकाल्ने र पार्टीबाट निर्णय गर्ने नेपाली काँग्रेस हो तर अहिले संविधान संशोधनको प्रस्तावलाई संसदको कार्यसूचीबाट हटाउनु गम्भिर बिषय हो’ नेता जोशीले भने–‘कस्को आदेश र ईशाराले हटाईएको हो ? हिम्मत छ भने नेपाली जनतालाई सार्वजनिक गर्नुपर्छ ।’ उनले बिपक्षी पार्टीलाई दोष लगाएर सरकार पन्छिन नपाउने पनि स्पष्ट पारेका छन् ।
‘बिपक्षी पार्टीको निर्णय नभएको कारणले हो भन्ने सरकारको र केही डेढ अक्कलिहरुको तर्क हो भने संसारको कुन संसदीय अभ्यास हो ? दुई तिहाइको हाराहारिमा संसदमा बहुमत हुँदा हुँदै कार्यसूचिमा राख्नलाई पनि प्रतिपक्षको पर्टिको निर्णय चहिने’ जोशीले प्रश्न गरे । उनले पर्दापछाडीबाट कसैको इशारामा नै सरकारले संविधान संशोधनको प्रस्तावलाई कार्यसूचीबाट हटाएको आशंका गरेका छन् । ‘पर्दा पछाडिको कुनै बाध्यता छैन भने संबिधान संशोधनको प्रस्ताब अब बस्ने संसदको पहिलो बैठकको कार्यसूचिमा राखेर छलफल अगाडि बढाओस् काँग्रेसले एक मतले प्रस्ताबको पक्षमा मतदान गर्छ ! कसैलाई भ्रम नरहोस’ जोशीले भने ।
संविधान संशोधनको पक्षमा काँग्रेसले एक मतले मतदान गर्छ : नेता जोशी


