spot_img

कोरोना भाइरसबिरुद्ध काँग्रेस पर्वतले राखेको माग प्रशासनद्धारा सम्बोधन

पर्वत, चैत ८–विश्वभर फैलिइरहेको कोरोना भाइरस बिरुद्ध नेपाली काँग्रेस पर्वतले राखेको माग जिल्ला प्रशासन कार्यालय पर्वतले सम्बोधन गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्वतमा पुगेर धौलागिरी

प्रवेशद्धारका रुपमा रहेको मोदी गाउँपालिकामा हेल्थ डेक्स स्थापना गरी प्रवेश गर्ने यात्रुलाई स्वास्थ्य परिक्षण गर्न माग गरेको थियो । शनिबार जिल्ला प्रशासन कार्यालय पर्वतले सामाजिक सञ्जालमा एक सुचना जारी गरी लामो तथा छोटो दुरीबाट पर्वत भित्रिने सवारी साधनका सम्पूर्ण यात्रुहरुलाई कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम न्युनिकरणका लागि जिल्लाको डिमुवामा स्वास्थ्य सहयोग कक्ष स्थापना गरेको जनाएको छ । जिल्ला प्रशासनले मोदी गाउँपालिकाको सहयोगमा शािनबारदेखि नै लागु हुने गरी स्वास्थ्य सहयोग कक्ष स्थापना गरेको पनि जानकारी दिएको छ । प्रशासनले उक्त स्वास्थ्य सहयोग कक्षमा अनिवार्य रुपमा आफ्नो स्वास्थ्य परिक्षण गरी सहयोग गर्न पनि आग्रह गरेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेस पर्वतको टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालयसंग राखेको महत्वपूर्ण माग सम्बोधन गरेकोमा धन्यबाद दिएका छन । जोशीले नागरिकको स्वास्थ्य नै नेपाली काँग्रेसको सम्पत्ति भएको भन्दै कोरोना भाइरस बिरुद्धको अभियानमा जुनसुकै सहयोगका लागि पनि नेपाली काँग्रेस तयार रहेको पनि जानकारी दिए ।

spot_img

भर्खरै