spot_img

पर्वत महोत्सवको दोस्रो दिन, के–के हुँदैछ आज

 

पर्वत, माघ १०–पर्वत महोत्सव हिजोदेखि शुरु भएको छ । हिजो पहिलो दिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भव्य रुपमा उद्घाटन गरे । त्यस अघि ऐतिहासिक विशाल ¥यालीले कुश्माबजार परिक्रमा गरेको थियो ।
उद्घाटनमा तिल्सिना सँगै सांसद, संविधानसभा सदस्यहरु, राजनीतिक दलका नेता, उद्योगी ब्यावसायीहरुले सम्वोधन गरेका थिए । त्यस्तै आज दोस्रो दिन विभिन्न कार्यक्रमहरु हुँदैछन् । आज निःशुल्क मुटुरोग शिविर संचालन हुने भएको छ ।
जिल्ला अस्पताल पर्वतमा विहान ८ बजेदेखि मुटु परिक्षण शिविर संचालन भइहेको छ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईले बिरामीहरुको परिक्षण गरेका छन् । त्यसैगरी आज भजन प्रतियोगिता शुरु गर्ने आयोजकको योजना रहेको छ भने गण्डकी प्रदेश स्तरीय अन्तरपालिका भलिवल प्रतियोगिताको पनि आज समुह फाईनल गरिने भएको छ ।
त्यस्तै आज महोत्सवमा कलाकारहरु याम क्षेत्री, कृष्ण अखेली, कृष्ण सुवेदी, सरस्वती लामिछाने, दिपक गदाल, सुनिता अधिकारी, सन्तोष सुवेदीको प्रस्तुती रहने भएको छ । भने हास्यकलाकार पोख्रेली माग्ने र धुर्मुस युवराज भण्डारी र राजेन्द्र नेपालीको प्रस्तुती रहने छ । आज साँझ स्थानीय रिदम व्याण्डको कन्सर्ट साथै विद्यालय स्तरिय नृत्य प्रतियोगिता हुने छन ।

spot_img

भर्खरै