spot_img

पर्वत महोत्सवको तयारी अन्तिम चरणमा, ९० प्रतिशत स्थल बुकिङ

पर्वत, माघ ६–पर्वतलाई संसारभरकै उत्कृष्ट गन्तब्यका रुपमा प्रचारप्रसार गर्ने अभिप्रायले आयोजना गरिएको छैठौ पर्वत महोत्सवको तयारी अन्तिम चरुणमा पुगेको छ । पछिल्ला केही दिन यता महोत्सवको तयारीका काम धमाधम भइरहेको छ । स्टल निर्माण, मञ्च ब्यवस्थापन, रमाइलो मेला धमाधम निर्माण भइरहेको छ । महोत्सव आउन अव तीन दिन मात्रै बाँकी रहदा ९० प्रतिशत स्टल बुकिङ भइसकेको छ । पर्वत उद्योग बाणिज्य संघले माघ ९ देखि १९ गते सम्म आयोजना गरेको पर्वत महोत्सव तथा गण्डकी प्रदेशस्तरीय औधोगिक ब्यापार मेलामा दुई सय स्टल रहनेछन् । मुल आयोजक समितिका अध्यक्ष केदारनाथ शर्माले महोत्सवको तयारीको काम धमाधम भइरहेको जानकारी दिए । ‘अव तयारी अन्तिम चरणमा छ, स्टल बुकिङ ९० प्रतिशत भइसकेको छ’ अध्यक्ष शर्माले भने । उनकाअनुसार महोत्सवमा महिला उद्यमी र कृषकलाई ३० वटा स्टल निःशुल्क उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेश भित्रका महिला उद्यमी र कृषकहरुको उत्पादनलाई प्रर्बद्धन गर्नका लागि निःशुल्क स्टल उपलब्ध गराइएको शर्माले बताए । महिला उद्यमी र कृषकलाई १५÷१५ वटाका दरमा स्टल उपलब्ध छन । यसपटक पर्वत उद्योग बाणिज्य संघका सदस्यहरुले स्टल राख्दा समेत २५ प्रतिशत छुट दिइएको छ । महोत्सबमा रहने होटल बाहेकका ब्यबसायिक स्टलमा संघका सदस्यलाई २५ प्रतिशत छुट दिइएको महोत्सबका प्रचार संयोजक तथा उद्योग उपाध्यक्ष ठाकुर बि पौडेलले जानकारी दिए । महोत्सबको माघ ९ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्दैछन् । पर्वतमा थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएका छन् । आकर्षक गुफा, हिमऋङ्खला हुर्ने आकर्षक ठाउँ, बञ्जीजम्प, अग्ला पुलहरु, मोदीबेनी, सेतीबेणी, महाशिला, हम्पालको लेक कालाञ्जर पर्वत, दुर्लुङकोट, डहरेको लेक, फलामखानीलगायतका थुप्रै ऐतिहासिक र आकर्षक ठाउँ रहेका छन् । यो महोत्सवले ती ठाउँहरु देशबिदेशमा चिनाउने र पर्वतलाई पर्यटकीय गन्तब्यका रुपमा पहिचान गराउने उद्देश्य राखिएको पर्वत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एवम् महोत्सव आर्थिक उपसमितिका संयोजक गोपी अधिकारीले जानकारी दिए ।

spot_img

भर्खरै