
पर्वत, मंसिर २१–नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पर्वत आउने भएका छन् । जलजला गाउँपालिका वडा नम्बर ७ स्थित मिलनचोकमा सञ्चालन भइरहेको गौ महोत्सव एवम् महायज्ञमा सहभागी हुनका लागि देउवा पर्वत आउन लागेका हुन । देउवा भोली मंसिर २२ गते दिउसो २ बजे जलजलाको मिलनचोक आउने कार्यक्रम रहेको नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले जानकारी दिए । देउवाले गौ महोत्सव तथा महायज्ञमा सम्बोधन गरी काँग्रेस नेता तथा कार्यकर्तासँग भेटघाट गरी फर्कनेछन् । मल्लले केन्द्रीय सभापति आउने उक्त कार्यक्रममा उपस्थित भइदिनका लागि आग्रह गरेका छन् ।
काँग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री देउवा पर्वत आउँदै


