पर्वत, भदौ १६–अहिले प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनले बर्षौदेखि बिदेशमै उपचार गराउदै आएका छन् । मन्त्री, प्रधानमन्त्रीदेखि राजनीतिक दलका पहुँचवाला नेताहरु सामान्य रुघाखोकी लाग्दा पनि स्वास्थ्य परिक्षणको नाममा बिदेश दैडिन्छन् । त्यो पनि राज्यकोषबाटै खर्च लिएर । तर अन्य सामान्य नागरिकले स्वदेशकै अस्पतालमा समेत प्रयाप्त उपचार नपाउने अवस्था छ । गम्भिर बिरामी हुने सामान्य नागरिकले उपचारका कुरा धेरै टाढाको भइसकेको छ ।
त्यस्तै समस्यामा परेकी छन् यहाँकी एक महिला । रकम अभावले चिकित्सकले भनेअनुसार उपचार गराउन नसक्दा उनी मृत्युसँग संघर्ष गरिरहेकी छन् । पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ३ रानीपानीकी गोमादेवीको मस्तिष्कघात भएर उपचारको पखाईमा छन् । उनी १४ दिनदेखि काठमाडौको बासबारीस्थित न्युरो अस्पतालको आयुसियुमा भर्ना भएपनि खर्च पु¥याउन नसक्दा समस्यामा परेकी हुन ।
घरको आर्थिक अवस्था अत्यन्त नाजुक अवस्थाकी उनको अस्पतालले दैनिक ३० हजार बढी रकम लिदै आएको छ । महंगो र लामो प्रक्रियाबाट उपचार गर्नुपर्ने भएपनि परिवारले सहयोगको अपिल गरेको छ । स्थानीय एवम् पत्रकार बिशन क्षेत्रीकाअनुसार पराजुलीको घरको आर्थिक अवस्था अत्यन्त नाजुक छ ।
सहयोगबिना उपचार गराउनै नसक्ने भएपछि परिवारले सबैसँग पराजुलीको जिवनरक्षाको अपिल गरेको क्षेत्रीले जानकारी दिए । उनको उपचारमा सहयोग पु¥याउन चाहनेले दिपक पराजुलीको नाममा प्रभु बैंकमा रहेको खाता नम्बर ०३९०१००१३१७७७७०००००१ मा जम्मा गर्न वा ९८६७६२६९५२, ९८४७७५६०४७ मा सम्पर्क गर्न सकिने क्षेत्रीले बताए ।
दुई सातादेखि न्युरो अस्पतालमा छटपटाउदै गोमादेवी, रकम अभावले उपचारमा समस्या


