सविता शर्मा
पर्वत, असार ८–पर्वतको कुश्मा नगरपालिकाका–१३ खौलालाकुँरीका महिलाहरु सहकारीमा आवद्ध हुन थालेका छन् । उनीहरुले खौला लाकुरी महिला बचत तथा सहकारी संस्थाको स्थापना गरेका छन् । संस्थाका पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन प्रमुख अतिथी खौलालाँकुरीका वडा अध्यक्ष जंगवहादुर केसीले गर्नुभएको छ । वडा अध्यक्ष केसीले सहकारीलाई जिविकोपार्जन सँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुको जिविको पार्जनको लागि वडाले विभिन्न स्वरोजगार मुलुक कार्यक्रम संचालन गरेको बताउनु भयो ।
कार्यक्रममा वडा सदस्य ओमप्रकाश शर्मा, वडा महिला सदस्य कल्पना तिमिल्सीना इन्प्रेड नेपालका सामजिक परिचालक शंकरवहादुर क्षेत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सहकारीका अध्यक्ष रोजिना केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन बविता क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पार्वती सुवेदी र कार्यक्रमको संचालन संस्थाका सचिव सविता शर्मा पौडेलले गर्नुभएको थियो । उक्त सहकारीमा ३ सय ४७ जना महिलाहरु आवद्ध छन् । संस्थाको शेयर पुजी २ लाख रुपैयाँ रहेको छ


