spot_img

क्षमता विकासका लागि पैयुँका शिक्षकलाई तालिम

पर्वत, जेठ ३१–शिक्षकहरुको पेशागत क्षमता विकासका लागि यहाँ चार दिने तालिम सम्पन्न भएको छ । पैयूँ गाउँपालिका शिक्षा शाखाले त्यहाँका ३८ वटा बिद्यालयका शिक्षकहरुलाई विभिन्न तालिम प्रदान गरेको हो । शिक्षकहरुको क्षमता बिस्तार गरी सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर बढाउनका लागि शिक्षा शाखाले उद्घोषण तथा भाषणकला, सुचना प्रविधि, बालकक्षा ब्यवस्थापनलगायतका चार वटा तालिम सम्पन्न गरेको शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।
तालिम समापन समारोहमा बोल्दै क्षेत्रीले आगामी बर्ष गाउँपालिकाले बिद्यालयलाई भौतिक रुपमा सक्षम बनाउनुका साथै शिक्षकहरुको क्षमता विकासमा पनि आवश्यक नीति र कार्यक्रम बनाउने बताए । शिक्षकहरुले लिएको जिम्मेबारी पुरा गर्नैपर्नेमा जोड दिदै उनले शैक्षिक गुणस्तर सुधारका लागि मनैदेखि लाग्न आग्रह गरे । उनले शिक्षकहरुलाई पनि प्रविधि पछ्याएर शिक्षण गर्ने ब्यवस्था मिलाउन आग्रह गर्दै पछिल्लो समयको शिक्षा प्रविधिमा आधारित हुदै गएकोले शिक्षकहरुले प्रविधि पछ्याउनुपर्नेमा जोड दिए ।

तालिम शुभारम्भमा गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी र उपाध्यक्ष जसमति गुरुङले शैक्षिक गुणस्तर बढाउने बिषयमा शिक्षकहरुले दिएका सुझाब र मागलाई गाउँपालिकाले प्राथमिकता दिने बताएका थिए । उनीहरुले बिद्यालयको भौतिक संरचनादेखि शिक्षकको क्षमता विकासका गतिविधिसम्ममा लगानी बढाउन गाउँपालिका तयार रहेको तर शैक्षिक गुणस्तरका लागि गलत काममा सम्झौता नहुने प्रस्टाएका थिए ।
तालिम समापनका अवसरमा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, पूर्वअध्यक्ष एवम् प्रशिक्षक ओमप्रसाद घायल, दुर्गाप्रसाद शर्मा, प्रशिक्षक लक्ष्मण गौतम, कविता पौडेललगायतले बोलेका थिए ।

spot_img

भर्खरै