spot_img

एउटै गाउँबाट नेकपाका ५० युवा नेपाली काँग्रेसमा प्रवेश, नेकपामाथि ठुलो धक्का

साजन परियार
पर्वत, जेठ ४–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका चार दर्जनबढी युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पर्वतको फलेवास नगरपालिका वडा नम्बर–५ खानीगाउँको सिंगो गाउँका ५० युवा नै नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । कम्युनिष्टको पिँजडामा थुनिएर संधै दासी जस्तै जीन्दगी विताउन नसकिने भन्दै साविक खानीगाउँ गाविसको–७ नम्वर वडाका ५० जना स्थानीय (अधिकांश युवा) नेपाली काँग्रेसमा प्रबेश गरेका हुन् । उक्त वडा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको वडा पनि हो । मन्त्री लम्सालकी श्रीमती मन्जु अधिकारी स्थानीय तहको निर्वाचनमा सोही वडावाट प्रतिनिधित्व गदै उपमेयर बनेकी थिईन ।

युवाहरुलाई सँधै आश्वासन देखाउने र अवसरवाट बञ्चित गरेको भन्दै युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेको हुन् । जनताको बास्तविक पार्टी नेपाली काँग्रेस नै भएको महसुस गरेर नेपाली काँग्रेसमा प्रवेश गरेको उनीहरुले बताएका छन् । फलेवास नगरपालिकाको केन्द्र समेत रहेको खानीगाउँमा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका नेताहरुले कम्युनिष्टका कारण आम नागरिक पीडित बनेको भन्दै काँग्रेसले जनताको हरेक समस्यामा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टि प्रबेश गर्नेहरुलाई स्वागत गर्दै नेपाली काँग्रेसका नेता एवं पूर्वसाँसद ऋषिकेश तिवारीले कम्युनिष्टको शासन देशका लागि दुर्भाग्यपूर्ण भएको बताए । कम्युनिष्टलाई प्राण नभएको बच्चाको संज्ञा दिदै उनले दुई तिहाई मत दिएर जिताएका जनताका विरुद्धमा अहिलेको सरकार खनिएको भन्दै कम्युनिष्ठका नेताहरु जनतालाई सिँढी बनाएर आफु मात्रै समृद्ध हुँदै गएको बताए ।
नेपाली काँग्रेसका महासमिति सदस्य एवं फलेवास नगरपालिकाका मेयर पदका उम्मेदवार गंगाधर तिवारीले कम्युनिष्टहरुको जंजिरमा रहेका स्थानीय बासिन्दाले देलौ भाँचेर बाहिर निस्किएको भन्दै अव फलेवास नगरपालिकाका बासिन्दा कसैको दासत्वमा रहन नसक्ने बताए । तिवारीले आफु पार्टिमा प्रबेश गरेका सबैलाई साथ र सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्रीले युवाहरुलाई पार्टीमा स्वागत गदै कम्युनिट विरुद्ध लाग्न सुझाव दिइन । कार्यक्रममा नेपाली काँग्रेसकी महिला नेत्री रेखा गुरुङ, नेपाली काँग्रेसका नेता जितवहादुर नेपाली, नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ‘राज’, दलित संघ पर्वतका अध्यक्ष याम परियार‘शिव’, नेपाल महिला संघ पर्वतकी सचिव मुना लामिछाने, नेपाल तरुण दल फलेवास नगरसमितिका अध्यक्ष दिनेश लामिछानेले कम्युनिष्ट सरकारले गफ मात्रै गरेको र जनताभन्दा पारिवारिक संबृद्धिमा लागेको आरोप लगाए ।
प्रेस युनियन पर्वतका उपाध्यक्ष रोशन तिवारी, ठाकुर रसाईली, सचिव साजन परियार, तरुण दल फलेवास नगरसमितिका उपाध्याक्ष टेकवहादुर पाठक, त्रिभुवन विश्वविद्यालयका ईकाई अध्यक्ष सन्तोष चपागाई नेपाल विद्यार्थी संघका पर्वतका नेता शिशिर शर्मा पौडेल, नेपाली काँग्रेस क्रियाशिल सदस्य खड्कावहादुर लामिछाने लगायतले बोलेका थिए । नेपाली काँग्रेस खानीगाउँका सभापति हिरामणि सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य निर्मल नेपाली र कार्यक्रमको संचालन नेपाली काँग्रेस खानीगाउँका सचिव भिमवहादुर क्षेत्री लम्सालले गरेका थिए ।

spot_img

भर्खरै