पर्वत, बैशाख ६–यहाँ जिपि कोइराला फाउण्डेसन पर्वतको समिति सार्वजनिक गरिएको छ । नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृत्तिमा स्थापना भएको फाउण्डेसनको पर्वतमा पनि शाखा सार्वजनिक गरिएको हो । नेपाली काँग्रेसका महासमिति सदस्य बसन्तबहादुर सिकेको अध्यक्षतामा २१ सदस्यीय समिति सार्वजनिक गरिएको हो ।
फाउण्डेसनले एक कार्यक्रम गरी समिति सार्वजनिक गरेको जनाएको छ । समितिको उपाध्यक्षमा लेखनाथ रेग्मी, सचिवमा गुप्तनिधि िशर्मा, कोषाध्यक्षमा कमलनाथ पोखरेल, सहसचिवमा याम परियार र सदस्यहरुमा बलभद्र शर्मा, पार्वती उपाध्याय, धनेश्वर गौडेल, सिताकुमारी क्षेत्री, कृष्णबहादुर भारती, हरि न्यौपाने, सपना रेग्मी र गोपाल अधिकारी रहेका छन् । फाउण्डेसनले जिल्ला आमन्त्रित सदस्यमा राजु आचार्य, मेघराज लम्साल, कृष्णप्रसाद शर्मा, सोम पुन, बिक्रम लोहनी, उज्वल गुरुङ र नन्दकुमारी मल्ललाई चयन गरेको छ ।
पत्रकार रामकृष्ण लामिछाने प्रेस संयोजकमा चयन भएका छन् । फाउण्डेसनले लोकतन्त्र, शाान्ति र बिकासका लागि क्रियाशिल रहने जनाएको छ । सामाजिक कामहरु, बिकास निमार्णका कामहरु, उद्यमशिलता, स्वास्थ्य सेवा, शिक्षा र मानवअधिकारका क्षेत्रमा काम गर्ने समिति अध्यक्ष बसन्तबहादुर सिकेले जानकारी दिए ।
पर्वतमा बन्यो जिपि कोइराला फाउण्डेसनको शाखा


