spot_img

काँग्रेस नेता खतिवडाको मनकारी काम, घरमै पुगेर ह्वीलचेयर बितरण

ओखलढुंगा, चैत ७– नेपाली कांग्रेस युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले गृहजिल्ला ओखलढुंगाका एकजना अपाङ्गलाई घरमै ह्वील चेयर लगेर दिएका छन् । ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ३ का अपाङ्ग प्रदीप योगीलाई घरमै लगेर ह्वील चेयर दिएका हुन् । पूर्वएमालेका निकट यज्ञराज सुनुवारसँग प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका कांग्रेसका युवा नेता खतिवडा गृहजिल्लाको विकास निर्माणदेखि सामाजिक कार्यहरूमा सहभागी हुँदै आएका छन् ।

योगीको कम्मरभन्दा मुनिको भाग चल्दैन । ह्वील चेयर पाएपछि योगीले खुसी व्यक्त गरेका छन् । उनले ह्वील चेयर घरसम्म ल्याएर उपलब्ध गराइदिएको भन्दै कांग्रेसका सांसद खतिवडालाई धन्यावाद दिएका छन् । ह्वील चेयर हस्तान्तर गरेपछि कांग्रेसका युवा नेता खतिवडाले योगीकै हातबाट रंग र अबिर लगाएर होली खेल्न सुरुवात गरेका थिए ।

खतिवडाले होलीपूर्णिमाका अवसरमा देश विदेशमा रहेका सबै नेपालीहरूलाई शुभकामना दिएका छन् । ‘स्वदेश र विदेशमा रहेका सबै नेपालीहरूमा होली पर्वको अवसरमा सुस्वाथ्यको कामना गर्दछु’, उनले भनेका छन्, ‘फागुपूर्णिमाले सबै नेपालीहरूमा भाइचारा ल्याइदिएको छ ।’

 

spot_img

भर्खरै