spot_img

राष्ट्रपति किन सधैँ विवादमा

काठमाडौँ, फागुन २३– सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण लामो सयम अवरुद्ध भएको भन्दै सर्वसाधारणले मंगलबार ट्राफिक निर्देशन अवज्ञा गरेर गाडी चलाए । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

शीतलनिवासदेखि सेनाले आयोजना गरेको रात्रिभोज स्थलसम्म आइपुग्न बढीमा १५ मिनेट लाग्ने भए पनि राष्ट्रपतिको सवारीका नाममा सर्वसाधारणलाई एक घण्टाभन्दा बढी सडकमा गाडी चलाउन रोक लगाइयो । यसै कारण सर्वसाधारण आक्रोशित भएर सडकमा लगाइएको निषेधको अवज्ञा गरे ।

राष्ट्रपतिको सवारीप्रति  सर्वसाधारणको गुनासो भइरहँदा पनि सम्बोधन गर्ने प्रयास कतैबाट भएको छैन । भिभिआइपीका सुरक्षा जिम्मा लिएको नेपाली सेनाले राष्ट्रपतिको सवारी रुट निर्धारण र त्यसको जानकारी नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई गराएपछि प्रहरीले सडक सुरक्षा प्रबन्ध र  ट्राफिक प्रहरीले निर्धारित रुटमा अन्य सवारीसाधन सञ्चालनमा रोक लगाउँछ । यसो गर्दा सबैभन्दा बढी सर्वसाधारणले सास्ती पाउने गरेका छन् ।

spot_img

भर्खरै